शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गोरखामा १६ किलो सुन बरामद

गोरखामा १६ किलो सुन बरामद


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७६, शुक्रबार

गोरखा,१० साउन – गोरखास्थित धार्चे गाउँपालिका ३ खोर्लाबेसीमा खाल्डोमा पुरेर लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद भएको छ ।पक्राउ परेका धनकमल गुरुङले दिएको सूचनाको आधारमा प्रदेश ४ प्रहरीले उक्त सुन बरामद गर्न सफल भएको हो ।प्रदेश ४ का डीआईजीपी विनोद शर्मा १६ पिस बरामद भएको पुष्टि गरे ।उनले दिएको जानकारीअनुसार धनकमल गुरुङले उक्त ठाउँमा खाल्डोमा सुन पुरेपछि आफ्नो पैसा लुटिएको भन्दै गाउँपालिकाका अधिकारीको सम्पर्कमा पुगेका थिए। डीआईजीपी घिमिरेले भने, ‘उनी पैसा लुटिएको जानकारीसहित गाउँपालिकामा वडा अध्यक्षको सम्पर्कमा गएका रहेछन् । त्यसपछि वडाअध्यक्षले यसबारे प्रहरीमा निवेदन दिनुपर्ने र उनीहरुले नै अनुसन्धान गर्ने बताएपछि उनी सम्पर्कविहीन बनेका थिए ।’
उनी सम्पर्क्विहीन बनेपछि प्रदेश ४ प्रहरीले ३र४ टोली खटाएर अनुसन्धान थालेको थियो। प्रहरीको अनुसन्धान सुरु भएपछि उनी भने काठमाडौं पुगिसकेका थिए । तर धनकमलका छोराले जिल्ला प्रहरीमा बाबुबारे बुझ्न निवेदन दिएको प्रहरीले जानकारी दिएको छ । सोही क्रममा उनी बुधबार राति पक्राउ परेका हुन्। उनले नै प्रहरीलाई लुकाएको सुनको बारेमा बताएपछि प्रहरीले घटनास्थलमा पुगी सुन बरामद गरेको हो। सुन १६ पिस भएको प्रहरीले पुष्टि गरेको छ। सोही आधारमा सुन १६ किलो नै हुनसक्ने डीआईजीपी घिमिरेले बताए। यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।अहिले धनकमललाई गोरखा लगिएको छ भने प्रहरीले बरामद सुन आफ्नो नियन्त्रणमा लिइसकेको छ । उक्त सुन गोरखाको उत्तरी सीमा धार्चे गाउँपालिको माछाखोलातर्फ आउँदै गरेको प्रहरी स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->