शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सचिवालय बैठकअघि पूर्वएमालेका नेताको छुट्टै छलफल

सचिवालय बैठकअघि पूर्वएमालेका नेताको छुट्टै छलफल


  • Dhorpatan News
  • साउन १३ २०७६, सोमबार

काठमाडौं,१३ साउन – पार्टी स्कुल विभाग प्रमुखका विषयमा सहमति जुटाउन नसकेर स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ।दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी विभागहरुको नेतृत्व टुंग्याउने विषयमा छलफल हुनेछ। स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षहरुबीच नै कुरा मिल्न नसकेपछि यसअघि डाकिएका तीनवटा बैठकहरु स्थगित हुँदै आएका थिए।तर अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर भइरहेका छलफलले पनि पार्टी स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने टुंगो लगाउन सकेका छैन।

नेकपाका नीति तथा प्रतिष्ठान सहित ३३ वटा विभागमध्ये ३२ वटा विभागको भागवण्डा मिलिसकेको छ। स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीमध्ये कसको भागमा पार्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।मुख्य विभागको नेतृत्वमै नेताहरुबीच सहमति नभएपछि यसअघि डाकिएका दुईवटा सचिवालय बैठक स्थगित भएका थिए। स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दावी छ।

सचिवालय बैठक बस्नुअघि पूर्व एमालेका तर्फबाट सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको बैठक विभागको नेतृत्वको टुंगो कसरी लगाउने भन्ने विषयमा कुराकानी हुने एक सचिवालय सदस्यले बताए।‘अब स्कुल विभागको विवादलाई धेरै लम्ब्याउनु हुँदैन, कुन विकल्पमा जाँदा उपयुक्त हुन्छ भन्ने विषयमा पहिले हामीले छलफल गर्छाै र त्यही अनुसार दिउँसो बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छौँ,’ ती सदस्यले भने।साउन ५ गते यता पूर्वएमाले तर्फका नेताहरुको बैठक ठोस निष्कर्षमा नपुगी सकिएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->