शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुक्तिनाथमा भारतीय पर्यटकको मृत्यु

मुक्तिनाथमा भारतीय पर्यटकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७६, मंगलबार

पोखरा, १४ साउन – मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा सोमबार एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किएका भारत हैदराबाद घर भएका ६२ वर्षीय प्रशन्न कुमारलाई आइतबार मुस्ताङ सदरमुकाम जोमसोम आउँदा मुटुसम्बन्धि समस्या देखिएको थियो । मुटुको समस्या देखिएपछि उनलाई जोमसोमस्थित जिल्ला अस्पतालमा उपचार गरिएको थियो । सोमबार उपचारपछि फर्कनलाग्दा उनी अचानक अस्पतालमै ढलेर बेहोस भएको र सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । होँचो भूभागमा बस्ने पर्यटकहरु मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या हुन्छ । लेक लागेर उच्च हिमाली भागमा वर्षेनी पर्यटकहरुको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->