शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

केन्द्रको कमजोरीले सोचेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ

केन्द्रको कमजोरीले सोचेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ


  • Dhorpatan News
  • साउन १४ २०७६, मंगलबार

पोखरा,१४ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारको ढिलाइका कारण ऐन कानुन निर्माण गर्न ढिलाइ भएको बताएका छन् । कानुन निर्माणमा ढिलाई हुँदा प्रदेश सरकार सोचे अनुसार अघि बढ्न नसकेको उनको तर्क थियो । अबभने संघ सरकारलाई कुरेर नबस्ने उनले बताए । ‘संघीय कानुनको आधारमा कानुन बनाउन पर्ने हुन्छ , तर अब हामी कुरेर बस्दैनौ, केही समस्या आए पछि सुधार गर्नेछौ ।’ मुख्यमन्त्री गुरुङले भने ।
उनि सोमबार पृथ्वी राजमार्ग बस सञ्चालक प्राइभेट लिमिटेडका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै थिए । मुख्यमन्त्री गुरुङले समृद्ध नेपाल निर्माणको लागि निजि क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने भएकाले निजि क्षेत्र संगको समन्वयमा सरकारले काम गर्ने बताए । संघीय ऐनको कारण यातायात समन्धी कानुन निर्माण गर्न र सार्वजनिक यातायातको ब्यबस्थापन गर्न समस्या भएको उनको भनाइ थियो । संघिय बबस्था लागू भएपनी महत्वपूर्ण अघिकार संघ सरकारले आफुसंगै राखेको कारण सोचे जस्तो नतिजा आउन नसकेको उनले बताए । सार्वजनिक यातायातमा निजि क्षेत्रको योगदान रहेको भन्दै उनले सरकारले नियमन गर्दै निजि क्षेत्रलाइ थप आकर्षक र लगानी सुरक्षाको प्रत्याभूती दिलाउन जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सुबिधा र नाफा दुबैलाई ख्याल गरेर अधि बढ़न आग्रह गरे । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष योगेन्द्र बहादुर केसिले आफुहरू सरकारको नियमलाई पालना गर्दै सुरक्षित र भरपर्दों सेवा प्रदान गर्न लागिपर्ने बताए । सरकारले भौतिक पूर्वाधार र सडकको गुणस्तरलाई ध्यान दिएमा आफुहरू सेवा प्रवावलाई गुणस्तरिय बनाउनतर्फ लाग्ने उनले बताए । पृथ्वी राजमार्ग बस संचालक समितिबाट प्राइभेट कम्पनीको रुपमा २०७६ सालमा रूपान्तरित कम्पनिको पहिलो अधिवेशन साउन ११ गते सम्पन्न भएको थियो । अधिवेशनबाट अध्यक्षमा योगेन्द्र बहादुर केसि र संचालकहरुमा असोक कुमार चौधरी ,जयप्रसाद शर्मा ,बाबुराम डबाडी ,काशी शर्मा न्यौपाने ,ज्ञान बहादुर केसि ,ओम प्रकास कार्की ,भरत कुमार मल्ल ,जस बहादुर गुरुङ ,मेघराज त्रिपाठि ,धर्मराज अर्याल निर्वाचित भएका थिए । त्यसैगरि संरक्षकमा केशब प्रसाद अधिकारी निर्वाचित भएका छन । प्रमुख सल्लाहकारमा ऐनकुमार साही र सल्लाकार सदस्यमा घनश्याम श्रेष्ठ र प्रेम कार्की निर्वाचित भएका छन । त्यसैगारी देशभरका सेवा क्षेत्रमा संयोजक र सदस्य समेत चयन गरिएको छ । उनीहरुले सोमबारनै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->