पोखरा, १५ साउन – ब्रिटिस गोर्खा भूतर्पू सैनिक संघका संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक ट्रस्ट साल्मेडांडाका अध्यक्ष पदम बहादुर गुरुङले साल्मेडाडामा बनाउन लागेको गोर्खाली सैनिकहरुको स्मारकमा केहि ब्यक्तिले किचलो खडा गरेको बताएका छन् । उनले आज पोखरामा पत्रकार सम्मेलन गरी आफु लगायत आफ्नो टीमले गरेको लामो सर्घषबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नदिन षडयन्त्र गरिएको बताए ।
गोर्खा ट्रस्टका अध्यक्ष समेत रहेका उनले दिगंम्बत गोर्खा सैनिकको सम्झनामा बनाउन लागेको स्मारक बन्न नदिन चलखेल गरेको बताए । भू.पू सैनिकहरुको बृटिस सैनिक सरहको तलव बृद्धि र पेन्सन लगायतका सुबिधाको माग गर्दै २७ बर्ष लामो संघर्ष गरेर जितेका गुरुङले अहिले स्मारक बनाउन नदिन प्रपंच रचिएको बताए । उनले भने “स्मार बनाएर बृटिस ज्याजतिको बिरुद्ध अन्तराष्ट्रिय स्तरमा सार्वजिनक गर्नेछौं । ”
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भने “१९ जातका सोझा नेपालीहरुलाई बृटिस सरकारले नेपाल सरकारको अनुमति बेगर नै लगेको थियो । गैरसैनिक नेपालीहरुलाई सैनिक बनाएर आफ्नै छिमेकी मुलुक बिरुद्ध युद्धमा प्रयोग ग¥यो ।” युद्धपिडीत सैनिकहरुको सम्झनामा समाधी स्थल बनाउन लागिएको बेला बिभिन्न खालका षडयन्त्र गरेर किर्ते माइनुट खडा गरी आफुलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न गरेको बताए । उनले अध्यक्ष गुरुङले स्याङजाका पूर्व सांसद गणेशमान गुरुङले चन्द्र बहादुर गुरुङलाई प्रयोग गरी जंड्डबहादुर गुरुङ भन्ने ब्यक्तिलाई ट्रस्टको सभापति बनाउन किर्ते माइनुट खडा गरेको आरोप लगाए । किर्ते जालसाजपूर्ण कार्य बिरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेको र जितेको समेत जानकारी गराए ।
अध्यक्ष गुरुङले स्मारक निर्माणका लागि सरकारबाट सहयोग भएको ८० लाख रुपैया समेत थाहा नदिई स्नानिय ब्यक्तिका नाउमा लैजान खोजेको आरोप लगाए । उनले योजना बिफल पार्नका लागि इन्जीनियरिङ डिजाईन बिर्गान जथाभावी बिजुलीका पोलहरु गाडिएको पानी टंकी निमार्ण गरिएको आरोप लगाए । उनले भने “गार्खाली सैनिकहरुबाट र सरकारबाट प्राप्त सहयोग सदुपयोग गर्न नदिन षडयन्त्र गरिएको हो यस्मा ठूलै अदृष्य पात्रको हात छ । ”
गेसोका संस्थापक अध्यक्ष समेत रहेका पदम बहादुर लामो समय सम्म गोर्खा सैनिकहरुको हक अधिकारका लागि लडेका ब्यक्ति हुन् । उनले गरेका कार्यबाट अहिले बृटिस आर्मीमा लागेका नेपालीहरुले बृटिस सरहको सुबिधा प्राप्त गर्दै आएका छन् ।





