शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नेकपाको स्कुल विभागमा ईश्वर र देबेन्द्र

नेकपाको स्कुल विभागमा ईश्वर र देबेन्द्र


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७६, शुक्रबार
g]skfsf] ;lrjfno a}7s afn'jf6f/df ;f]daf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{sf] ;lrjfno a}7sdf k|wfgdGqL Pj+ g]skfsf cWoIf s]kL zdf{ cf]nL, k"j{ k|wfgdGqL Pj+ g]skfsf cWoIf k'iksdn bfxfn;lxt zLif{ g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं,३१ साउन – नेपाल कम्युनिष्ट पाटी) नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ ।शुक्रवार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । बिभागको उपप्रमुखमा नेता देबेन्द्र पौडेलले जिम्मेवारी पाएका छन । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् ।
त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ । बैठकले प्रदेश १ मा शेरधन राई र नरेश कँडेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मवारी दिइएको छ भने प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारीलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यस्तै प्रदेश ४ मा किरङ् गुरुङ् र यशोधा सुवेदी गुरुङ्, प्रदेश ५ बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी र खगराज भट्टलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->