शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

एकतावद्ध हुँदै पार्टी निर्माण जुट्न शेरचनको आग्रह

एकतावद्ध हुँदै पार्टी निर्माण जुट्न शेरचनको आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७६, आइतबार

गलकोट, ८ भदौ-  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य सुनिल शेरचनले सवै कार्यकर्तालाई एकतावद्ध हुँदै पार्टी निर्माण र परिचालनमा जुट्न आग्रह गरेका छन् ।गलकोट नगरपालिका वडा नं. ११ रिघाको टोल भेलामा बोल्दै शेरचनले पार्टी एकिकरणको पछिको उर्जा र सरकारले प्रभावकारी काम गरिरहेको भन्दै उत्साहका साथ काम गर्न कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए । सरकारले काम गरिरहेको अवस्थामा बिरोधीको बिरोधको पछि नलाग्न उनले आग्रह गरे । कार्यक्रममा नेकपा गल्कोट नगरकमिटि सचिव डम्बर श्रीस, सल्लाहकार कविराज बस्याल लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।
साविक वडा नं. ९ को भेलाले बाबुराम कुमालको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ, जसको उपाध्यक्षमा तिलचना राना कुमाल, सचिव चिज बहादुर राना, कोषाध्यक्षमा कुल बहादुर राना लगाएत रहेका छन् । त्यस्तै सीता राना कुमालको संयोजकत्वमा ११ सदस्यिय अखिल नेपाल महिला संघको गठन गरेको छ। जसको सचिवमा लालु राना कुमाल लगाएत रहेका छन् ।कार्यक्रम वडा सदस्य रिम बहादुर राना कुमालको अध्यक्षता, चित्र बहादुर राना कुमालको स्वागत मन्तव्य इन्द्र राना कुमालको सञ्चालनमा सम्पन्न भएको थियो।
त्यस्तै साविक वडा नं. ६ मा भएको टोल भेलाले रञ्जित नेपालीको संयोजकत्वमा २९ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर नेपाली, सचिव मिलन नेपाली, कोषाध्यक्षमा भक्त बहादुर घर्ति लगाएत रहेका छन् ।
कार्यक्रम वडा कमिटि अध्यक्षा श्यामलाल विकको अध्यक्षता, नगर सदस्य झविलाल चालिसेको स्वागत मन्तव्य तथा वडा सदस्य लाल बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->