शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विद्यामन्दिर माविका सबै कक्षा दिउँसोमा

विद्यामन्दिर माविका सबै कक्षा दिउँसोमा


  • Dhorpatan News
  • साउन १६ २०७६, बिहिबार

बागलुङ, १६ साउन – शिक्षा बिभागले तीन बर्ष अघि र बागलुङ नगरपालिकाको डेढ बर्ष अघिदेखिको पत्र अनुसार बिद्यामन्दिर माबिले दिउसोमा सबै कक्षा संचालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले सबै कक्षा दिउसोमा चलाउने निर्णय गरेको अध्यक्ष सुबासचन्द्र राजभण्डारीले बताए । जिल्लाकै अगुवा बिद्यालयले बिहानमा कक्षा ११ र १२ को पढाई संचालन गर्दा सदरमुकामका नीजि बिद्यालयले पनि अटेर गरिरहेका छन् । बिद्यामन्दिरको निर्णयपछि नगरपालिकाको आदेश कार्यान्वयन गर्न बाटो खुल्नेछ । नगरपालिकाले पटक पटक गरेको आग्रह अटेर भएपछि पछिल्लो पटक असार २९ गते पनि पत्र पठाएर सबै कक्षा दिउसोमा चलाउन निर्देशन दिएको थियो । मंगलवारको बैठकले पनि सबै खाता एकीकृत गर्न भने सकेको छैन । बिद्यालयमा एउटै मात्र खाता संचालन गर्नुपर्ने कानूनी प्रावधान छ । तर बिद्यालयले अहिले ७ थरी खाताबाट कारोवार गरिरहेको छ ।

शेयर सदस्य नभएकोले खोल्नै नपाउने एक सहकारी संस्थामा समेत यो बिद्यालयको खाता संचालनमा छ । प्रअ शान्तमणी ढकालले मंगलवार खाता बारे निर्णय नभएको बताए । ‘एउटै खाता चलाउनुपर्छ भन्ने बिषयमा छलफल भएपनि निर्णय भएको छैन’ ढकालले भने, ‘आगामी बैठकबाट चलाउने गरी तयारी गरिंदै छ ।’ दोहोरो सुबिधा खाने र भौतिक संरचना नबनेको बाहना देखाएर बिद्यालयहरुले अटेर गरेपछि नगरपालिकाले दोहो¥याएर पत्र पठाएको थियो । गत जेठ १५ गते पठाएको पत्रको कार्यान्वयन नभएपछि असार २९ गते दोश्रो पत्र पठाएकोमा बिद्यामन्दिर बाट कार्यान्वयनको बाटो खुलेको नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले बताए । सदरमुकामको बिद्यामन्दिर र कालिका कन्या माबिले बिहानमा कक्षा ११ र १२ पढाएका थिए । निजी बिद्यालयले भने कंपनी ऐन अनुसार स्थापना भएकोले दिउसोमा पढाउन नसक्ने प्रतिक्रिया दिइसकेका छन् । प्याब्सन र एनप्याब्सनले औपचरिक निर्णय गर्ने बताइएको छ । परिमार्जित नियमाबली अनुसार बाल बिकास केन्द्रको समेत फरक खाता राख्न नपाउने नियम छ । बिद्यामन्दिर माबिको राष्ट्रिय बाणिज्य बैंक, ग्रीन डेभलपमेन्ट बैंक र प्रगती सहकारीमा रहेका तीनवटा खातामा प्रअ र अध्यक्ष बाहेकका शिक्षको हस्ताक्षर चल्ने गरेको छ ।

प्रअ र अध्यक्ष बाहेकले हस्ताक्षर चलाउँदा सरकारी खर्च हिनामिना हुने खतरा बढ्ने भएकोले नगरपालिकाले एकीकृत गर्न निर्देशन दिएको हो । अघिल्लो बर्ष भवन निर्माणाधिन भएकोले कक्षा कोठा नपुगेकोमा यो बर्ष कक्षा पुग्ने भएपछि निर्णय गरिएको राजभण्डारीले बताए । यो बिद्यालयको कक्षा ११ र १२ मा ४ सय ६० बिद्यार्थी अध्ययनरत छन् । हाल दिउसोमा चलिरहेको कक्षा १ देखि १० बाहेक ४ सय ६० बिद्यार्थी थपिएपनि पुग्ने कोठा बनिसकेका छन् । हाल यो बिद्यालयमा ५० वटा नयाँ कोठा बनेका छन् भने पुरानो समेत ७२ कोठा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->