शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तनहुँमा बस दुर्घटना : १३ जना यात्रु घाइते

तनहुँमा बस दुर्घटना : १३ जना यात्रु घाइते


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७६, आइतबार

पोखरा, १९ साउन – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आइतवार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।नारायणगढबाट म्याग्दीको बेनीका लागि छुटेको  बा ४ ख ५९८८ नम्बरको बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको अवस्था सामान्य छ ।तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->