शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी अस्पतालमा अख्तियारको छापा

गण्डकी अस्पतालमा अख्तियारको छापा


  • Dhorpatan News
  • साउन २० २०७६, सोमबार

पोखरा,२० साउन – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा अख्तियारले छापा मारेको छ । आर्थिक अनियमिता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले आइतबार त्यहाँ छापा मारेको हो ।
अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार त्यहाँबाट छानबिन गर्न कागजात नियन्त्रणमा लिइएको छ । अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमिता भएको उजुुरीलाई आधार मानेर छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको उनले बताए ।

यस वर्ष खरिद गर्न लागेका सामाग्रीहरुको समेत कागजात ल्याएर अनुसन्धान थालेको उनले बताए । केही दिन अगाडी मात्रै अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी आएकाले सो को कागजपत्र समेत नियन्त्रणमा लिइने छ ।अस्पतालका कागजहरु प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाले भोलि आफै बुझाउने बताएको पनि उनले जनाए । थापा अहिले काठमाण्डौ छन् । सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचना अनुसार चार वटा गैह्र सरकारी संस्थाले निवेदन दिएका थिए । अस्पताल व्यवस्थापन समितिलाई वेवास्ता गर्दै डीनको संयोजकत्वमा बनाइएको समितिले आर्थिक प्रलोभनमा परि गलत संस्थालाई काम दिएको उजुरीकर्ताको आरोप छ । अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था गोनेसा, कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गानाइजेसन समेतले आवेदन दिएका थिए । अस्पतालमै कार्यरत कर्मचारीहरु रहेको गैह्रसरकारी संस्था असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिने निर्णय अस्पतालले गरेपछि उजुरी अख्तियारमा परेका थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->