स्याङ्जा, २१ साउन – नेपाली कागे्रंसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने बताए । सरकारले गर्ने राम्रा कामको कांग्रेसले समर्थन गर्ने तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न नसकिने देउवाको भनाइ थियो ।
नेपाली कांग्रेस जिल्ला सभापती एवं संविधान सभा सदस्य स्व. कमलप्रसाद पंगेनीको प्रथम स्मृति सभामा बोल्दै सभापती देउवाले कांग्रेस एक ढिक्का हुनुको विकल्प नभएको बताउदै कांग्रेस एकभएर भएर अगाडी बढने बताए ।
सरकारका गतिविधि संविधान विपरित भईरहेको भन्दै सभापती देउवाले मुलुक र जनताको हित विपरित सरकारका गतिविधि देखिएको आरोप लगाए । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरित भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको उनले बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले धेरै काम पुरा गर्न बाँकी रहेको भन्दै बाँकी काम पुरा गरी कांग्रेस जनताको प्यारो पार्टी बन्ने दावी गरे ।
केन्द्रिय सदस्य गगन थापाले सरकार असफलतातिर धकेलिएको बताए । सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार सबै अधिकारलाई कुण्ठित पार्दै दुई तिहाईको दम्भ देखाएको थापाले आरोप लगाए ।





