शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

साझा पार्टीले कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने

साझा पार्टीले कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७६, बिहिबार

पोखरा, २३ साउन – साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजकसहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहका बीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोही दिन कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नोतर्फबाट उम्मेदवारी समेत घोषणा गर्ने साझा पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले जानकारी दिए ।साझा पार्टीका गण्डकी सँयोजकका अनुसार जिल्ला सँयोजक, महानगर सँयोजक र कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम सोही दिन मात्र सार्वजनिक गरिनेछ । भदौको दोस्रो साता हुने कार्यक्रममा साझा पार्टीका केन्द्रीय स्तरका सम्पूर्ण नेताहरुको सहभागिता रहने भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->