शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

ओली यातनाको गोलघरमा हुदाँ गगन थापा आमाको भ्रुणमा त थिए ?

ओली यातनाको गोलघरमा हुदाँ गगन थापा आमाको भ्रुणमा त थिए ?

समृद्धिको सपना वोकेका आफ्नै देशको प्रधानमन्त्रीलाई निरन्तर टिका टिप्पणी गर्ने थापाले आफ्नो अनुहार हेर्नुपर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७६, बुधबार

काठमाडौं, १८ भदौ- प्रमुख प्रतिपक्ष दलका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्राम लिनुपर्ने बताएपछि सतापक्षका सांसद मनकुमारी जिसीले कडा जवाफ दिएकी छिन । सांसद थापाले आजको प्रतिनिधीसभाका वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्राम लिनुपर्ने वताएका थिए । त्यसको जवाफ दिदै नेकपाका केन्द्रिय सदस्य रहेकी सांसद जिसीले भनिन, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले बिश्राम लिन संसदमा प्रस्ताब राख्ने माननीय गगन थापालाई हेक्का होस कि २०३० सालमा केपी ओली ज्यू राजनैतिक मुद्वामा गोलघरको कठोर यातनामा हुदाँ गगन थापा आमाको भ्रुणमा त थिए ?
समृद्धिको सपना वोकेका आफ्नै देशको प्रधानमन्त्रीलाई निरन्तर टिका टिप्पणी गर्ने थापाले आफ्नो अनुहार हेर्नुपर्ने वताउदै सांसद जिसीले भनिन, ‘प्रधानमन्त्रीमाथिको आक्रमण समृद्धिमाथिको आक्रमण हो, यसको सवैले डटेर सामना गर्नुपर्दछ । देशलाई स्वाभिमान पूर्वक समृद्धिमा लैजान अनवरत रुपमा लागेका सम्माननीय प्रधानमन्त्रीको विपक्षमा अस्वभाबिक ढंगले अभिव्यक्ति दिनुुले उनी राजनैतिक स्वार्थले प्रेरित भइरहेको स्पष्ट हुन्छ । यस्तो बानीलाई सुधार्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीको व्यवहार र कार्यशैली एउटा कितावको खुल्ला पाना जस्तै रहेको बताउँदै सांसद जिसीले सम्माननीय ओलीको जीवनको खुला पाना पढ्न सल्लाह दिईन । ‘यो खुला पाना गगन थापाले मात्रै होइन, सवैले पढ्नु पर्छ र सुन्दर अक्षर र वाक्य अनि जीवनलाई मार्ग निर्देश गर्ने सहि मार्ग भेटिन्छ । उहाँमा आत्मबिश्वास र अदम्यसाहस छ । हाम्रा प्रधानमन्त्रीमा जीवनको त्यस्तो कुनै क्षण छैन जसले आरम, मनोरञ्जन र आफ्नो परिवार भनेर खर्चिनु परोस।’
देशको विकास र समृद्धिको ढोकालाई तिव्रगतिका साथ खुल्ला गर्दै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा लाग्नुभएका प्रम ओलीलाई जुनसुकै समय अनावश्यक कुराहरु अस्वभाविक ढंगले उठान गर्दै देश र जनताको विकासप्रतिको चाहनालाई कुठाराघात गर्ने कुनै पनि गतिविधि तथा अभिव्यक्ति नदिन उनले आग्रह गरिन । देश र जनताप्रति प्रम ओली दृढतापूर्वक अघि बढिरहनुभएको बताउँदै उनले भनिन, ‘देशभुकम्पले महाविपत्तिमा थियो । म बिहानै उहाँको निवासमा पुग्दा भुकम्पले घर हल्लाई रहेको थियो । कसरी विपत्तिमा परका जनताको शारथि बन्न सकिन्छ भनि उहाँ बैठकका लागि घरबाट निस्कनु भयो । जनताले धेरै दुःख खेप्नु पर्दा जहिले पनि उहाँका आँखा रसाएका हुन्थे । श्रद्धेय केपी शर्मा ओली गरिव, दुखी, असहाय सबैका साँचो अविभावक हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->