शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

राप्रपा महानगरको उपाध्यक्षमा मनिष केसी मनोनित

राप्रपा महानगरको उपाध्यक्षमा मनिष केसी मनोनित


  • Dhorpatan News
  • भाद्र २० २०७६, शुक्रबार

पोखरा, २० भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टीको पोखरा महानगर कार्यसमितिको उपाध्यक्षमा मनिष केसी नियुक्त भएका छन् । केसीको नियुक्तिसँगै राप्रपाको पोखरा महानगर कार्यसमितिले पुर्णता पाएको छ । मोतीमान शाक्यको अध्यक्षतामा रहेको कार्यसमितिले केसीलाई उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

नियुक्तिसँगै आगामी दिनमा राप्रपाको राजनीतिमाआफूले सक्ने हरेक खालका योगदान दिन तयार भएको केसीले प्रतिक्रिया दिए । ‘राप्रपावृद्धहरुको मात्रै पार्टी हो भन्ने खालका कुराहरु आउँछन् ।यद्यपि पछिल्लो क्रममा पार्टीले युवाहरुलाई पनि उल्लेख्य रुपमा नेतृत्वदायी भुमिका दिईरहेको अवस्थामाअब राप्रपाले पुनः नेपाली मुलधारको राजनीति माग तिलिने देखिएको छ । र, युवाहरुको सक्रियताले यो कुरा सम्भव पनि छ ।’ केसीले भने ।

राप्रपाका केन्द्रीय सदस्य जयलाल पुनले उपाध्यक्षमा मनोनित केसीलाई विशेष शुभकामना दिएकाथिए । यस अगाडि राप्रपाको महानगर कार्यसमितिमा नुर मोहम्मद मियाँ उपाध्यक्षथिए । विधानतःदुई जना उपाध्यक्ष हुनुपर्ने कार्यसमितिले केसीको नियुक्तिसँगै पुर्णता पाएको समितिका अध्यक्ष मोतीमान शाक्यले भने । ‘यो नियुक्तिसँगै अबमहानगर कार्यसमितिले पूर्णता पाएको छ । र, आगामी दिनमा राप्रपाको प्रभाव यस क्षेत्रमा बढाउन अबका दिनमा हामी केन्द्रित हुनेछौँ ।’अध्यक्ष शाक्यले भने ।

राप्रपाको महानगर कार्यसमितिको अध्यक्षमा मोतीमान शाक्य, उपाध्यक्षमा नुर मोहम्मद मियाँ, मनिष केसी,सचिवमा रमेश त्रिपाठी, सहसचिवमा भीम नेपाली रहेका छन् । यस्तै महानगर कार्यसमितिको सदस्यहरुममा रत्नाखर आचार्य, प्रल्हादगिरी, प्रदिप बैद्य, मानबहादुर भण्डारी, मिना सुवेदी, दया सागर, भीम नेपाली, झलकजलारी, खड्क बहादुर, देऊबहादुर पौडेल, रमण बस्नेत, नुरप्रसादगौतम, भरत ढुंगाना, मोहन केसी र मानबहादुर भण्डारी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->