आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य-महासचिब बिष्ट

समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य-महासचिब बिष्ट

पत्रकार महासंघ जापानको अध्यक्षमा पून घले निर्वाचित, बागलुङका लामिछाने सह सचिव , गौतम र पौडेल सदस्यमा निर्विरोध


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७६, सोमबार

जापान, १३ असोज – नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन आइतवार टोकियोमा सम्पन्न भएको छ । अधिबेशनले मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण चलाऊने तथा समाबेशी उपाध्यक्षमा कुमार मोक्तान चयन भएका छन । सचिबमा शान्तकुमार पहरी तथा सह-सचिबमा अर्जुन लामिछाने र इन्दिरा खनाल र कोषाध्यक्षमा आनन्द कोइराला निर्बिरोध भएका छन । सदस्यहरुमा दीपक गौतम, विश्वाश आचार्य, सजिना मोक्तान, राजन गौतम,लक्ष्मी पौडेल, कृष्ण अधिकारी,सागर देबकोटा र राम तामाङ चयन भएका छन । दुई चरणमा सम्पन्न अधिवेशनको बन्दसत्रमा सहसचिब कुमार मोक्तानले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष राजविन थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको थियो ।
समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य- महासचिब बिष्ट
घोषणा सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिब रमेश बिष्टले समाचार खोजमुलक र समुदायको आवाजको प्रतिनिधित्व गर्ने हुनुपर्नेमा जोड दिंदै समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य रहेको वताए । संचार गृह र संचारकर्मिहरुलाई राज्यले उपेक्षा गर्न खोजे पनि धैर्यता गर्न भने छोड्न नहूनेमा जोड दिए ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरूङ,आईसीसी सदस्यहरू महेशकुमार श्रेष्ठ र कपिलदेव थापा, प्रवासी नेपाली एकता मन्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका डिपि कंडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका डा. भुपालमान श्रेष्ठ,नेपाली ब्यवसायी संघका बाबुराम पौडेल लगायतले बधाई दिएका थिए। घोषणा सभा निर्वाचन अधिकृत पवन बर्षा साहको अध्यक्षता तथा मोहन घलेको प्रतिबद्धता मन्तब्य र राजन गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->