शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नेकपामा विद्या भट्टराई सर्वसम्मत सिफारिस 

नेकपामा विद्या भट्टराई सर्वसम्मत सिफारिस 


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७६, शुक्रबार

पोखरा, ८ कात्तिक – अन्ततः उम्मेदवारको लामो चर्चा र बहसपछि नेपाल कम्युनिष्ट पाटी्र्र (नेकपा) ले कास्की उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवारमा एकल सिफारिस गर्ने निर्णय गरेको छ । कास्की २ को प्रतिनिधीसभा उपनिर्वाचन आउँदो मंसिर १४ गते हुँदैछ ।
नेकपाले सिफारिस गरेकी विद्या स्व. रविन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारीको गत फागुन १५ गते पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो ।
उनै अधिकारीको क्षेत्र कास्की २ मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । सोही उपनिर्वाचनमा सत्तारुढ दलले विद्यालाई उम्मेदवार बनाउने निश्चित भएको छ ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए । “सर्वसम्मत रुपमा सबै साथीहरुले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेका हौँ ।” थापाले भने ।
नेकपाको यो निर्णयसँगै शक्तिशाली सरकारले उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउला भन्ने चर्चा पनि सकिएको छ ।
देशभरिमा यहाँमात्रै प्रतिनिधीसभाको निर्वाचन हुँदैछ । दुईतिहाईको नेकपाको सरकार र प्रतिनिधीसभाको एकमात्र उपनिर्वाचनका कारण सबैको चासो यहाँ थियो । चासो बढ्नुमा नेकपाका शिर्ष नेता तथा उपाध्यक्ष बामदेव गौतमको पनि भूमिका रह्यो ।
सुरुमा गौतम नै उम्मेदवार बन्ने र नेकपा डबलका अध्यक्षले नै समर्थन गरेको भन्ने चर्चा चलेतापनि अन्तमा गौतम आफैले सामाजिक सञ्जालमार्फट आफू ब्याक भएको स्पष्टोक्ति दिए । उनको प्रष्टीकरणमा गौतम आफै चुनाव लडेको खण्डमा ‘हार्न सक्ने’ मनस्थिती स्पष्टै देखिएको थियो ।
बामदेव समेत डराएको क्षेत्रमा रविन्द्रपत्नीले जित निकाल्लिन त ? यो भने चुनावी परिणामले नै बताउला । तर, पनि यहाँ नेकपा बलियो नै छ । २०७४ को प्रतिनिधीसभा निर्वाचनमा झन्डै ९ हजार अन्तरले यहाँ नेकपा विजयी भएको थियो ।
उपनिर्वाचनमा पनि जित हासिल पार्दै दुईतिहाईको सरकार सफल र लोकप्रिय रहेको सन्देश दिन नेकपालाई चुनौती पनि उत्तिकै छ ।
उसो त नेकपामा भट्टराईका अलावा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्य, राजकाजी गुरुङको समेत चर्चा थियो ।
आकांक्षी भएर पनि के कारणले विद्यालाई नै सर्वसम्मत किन त भन्ने प्रश्नमा आकांक्षी तथा नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङले भने, “सबैभन्दा आकांक्षी म नै थिएँ, आकांक्षी हामी सबैले एकचोटी संक्रमणकालीन पिरियड नै छ, पार्टीको इमेज, प्रेष्टिजको पनि कुरा छ, यो सबै कुरालाई दाबा गर्ने भन्दा पनि सर्वसम्म रुपमा नै अगाडि बढौँ भन्ने निर्णय गरेका हौँ ।”
भट्टराईसँगै कास्की उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्ने नेकपा दोश्रो पार्टी बनेको छ । गत बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको थियो ।
कांग्रेसले भने गत मंगलबार १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->