शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

उपनिर्वाचनका सन्दर्भमा बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

उपनिर्वाचनका सन्दर्भमा बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन्।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७६, सोमबार

काठमाडौं, ११ कात्तिक – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) बिहान एक्लाएक्लै भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो।
भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा उनीहरुबीच कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला आइतबार मात्र बाकुबाट फर्किएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->