शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नेपाल संवतमा राष्ट्रपतिको शुभकामना : ‘यो हाम्रो मौलिक संवत हो’

नेपाल संवतमा राष्ट्रपतिको शुभकामना : ‘यो हाम्रो मौलिक संवत हो’


  • Dhorpatan News
  • कार्तिक १२ २०७६, मंगलबार

काठमाडौं, १२ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्। राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ‘नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवतले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु।’  राष्ट्रपति भण्डारीले नेपाल संवतको नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->