शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

बन्द इजलाशमा महराको बयान : ‘सम्झाउन गएको हुँ, सम्पर्क नभएपछि फर्किएँ’, अब के हुन्छ  ?

बन्द इजलाशमा महराको बयान : ‘सम्झाउन गएको हुँ, सम्पर्क नभएपछि फर्किएँ’, अब के हुन्छ  ?

निजको कोठामा नगएकाले कुटपिट गर्ने कुरै भएन । पत्रकार अजयबाबु शिवाकोटी र जाहेरवालाबीचमा संवाद रेकर्डका कुरा सबै प्रायोजित हुन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७६, शुक्रबार

काठमाडौं, १५ कात्तिक – पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । सरकारी वकिलसँगको वयानमा  उनले आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् ।
महराले प्रहरीलाई दिएको वयान यस्तो छ :
२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६/७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ ।
२०४८ सालमा म सांसदमा निर्वाचित भएपछि निजसँग भेट भएको थिएन । ३ वर्षअघि उनले मलाई भेट गरी म अस्वस्थ छु, मलाई संसद सचिवालयमा काजमा ल्याइदिनुप¥यो भनेकी थिइन् । त्यसपछि पटक–पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच आउने–जाने, खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो ।
यसै क्रममा मिति २०७६/०६/१२ गतेका दिन अञ्दाजी ३/४ बजेको समयमा सिंहदरबारस्थित मेरो अफिसमा उनी आई मेरो समायोजन मिलेन, म अन्यायमा परेँ भनी कर्मचारी समायोजनमा आफूलाई मिलाउन भनी मलाई पटक-पटक अनुरोध गर्दै आक्रोशपूर्ण गुनासो गरेकीले मैले समायोजनका बारेमा सम्बन्धित निकायलाई भनिदिएको हुँ ।
तर, कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन, अहिले सरकारले जहाँ खटाएको छ त्यहाँ जानरु, पछि काजमा मिलाउने कोशिस गरौंला भनेको थिएँ । तर, उनी आवेग र आक्रोशमा अफिसबाट फर्केकी थिइन् ।
आक्रोशमा आएपछि उनको स्वास्थ्य प्रतिकुल हुने र विक्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ । केही समय अगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ ।
यतिबेला भने उनका श्रीमान काठमाडौ बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकाले एकपटक फेरि सम्झाउने उद्देश्यले म मेरो छोरा निर्मल महराले प्रयोग गर्ने निजी गाडीमा तीनजना सुरक्षाकर्मीसहित मिति २०७६/०६/१२ गते अञ्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक-पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमानसमेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०/२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको हुँ ।
घटनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) मेरो होइन । प्रायोजित हिसाबले मलाई फसाउन मेरो पुरानो फालिएको चश्माको सीसा, डण्डी र जुत्ताको तलुवासमेत राखेको हुन सक्छ ।
मैले रक्सी बोकेर निजको कोठामा गएको कुरा विल्कुलै निराधार हो । ‘रीस उठेपछि मोबाइल फुटाइदिएँ : सीता महरा (कृष्णबहादुर महराकी पत्नी)
२०७६/०६/१३ गते विभिन्न सञ्चार माध्यमहरुमा मेरा श्रीमान कृृष्णबहादुर महराले मिति २०७६/०६/१२ गते… निज पीडितको कोठामा गई जबर्जस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रीस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल भएको ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ । उक्त मोवाइल फुटाएको भएता पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सर्ने क्रममा के कता हरायो, थाहा भएन ।
अब के हुन्छ  ?
महराको शुक्रबार बयान नसकिएकाले उनलाई पुन थुनामै लैजाने तयारी भएको छ । आइतबार १० बजे नै अदालतमा हाजिर गराइने छ । त्यस दिन उनको थुनछेक सम्बन्धी बहस हुनेछ । सरकारी वकिल र महराका कानुन व्यवसायीले आआफ्नो प्रतिरक्षा गर्नेछन् । त्यसपछि इजलाशले महरालाई पुर्पक्षलाई थुनामा पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने विषयमा निर्णय आउनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->