शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पुर्पक्षका लागि महरालाई थुनामा राख्न अदालतको आदेश

पुर्पक्षका लागि महरालाई थुनामा राख्न अदालतको आदेश

डिल्लीबजार कारागार लगिँदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७६, सोमबार

काठमाडौं, १८ कात्तिक – संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।आइतबार थुनछेक बहस नसकिएपछि सोमबार पनि थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश पाण्डेको इजलासले महरालाई पुर्पक्षमा राख्न आदेश दिएको हो। महरालाई डिल्लीबजार कारागार लगिँदैछ ।
थुनछेक बहसमा सरकारी वकिल र महराका कानुन व्यवसायीले आ-आफ्नो प्रतिरक्षा गरेका थिए। वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए।शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा बयान लिने क्रममा महराले शाहीको कोठामा आफू नगएको बयान दिएका थिए। यो बयान जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान लिइएको हो।
इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका थिए। महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन् । उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका थिए। प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत प्रष्ट पारेका थिए। संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->