शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सार्वजनिक गरिएको नक्सा तुरून्तै खारेज गर: अनेरास्ववियु

सार्वजनिक गरिएको नक्सा तुरून्तै खारेज गर: अनेरास्ववियु

नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा काठमाडौंमा अनेरास्ववियुको वृहत प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७६, बुधबार

काठमाडौं, २० कात्तिक – नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेपछि अनेरास्ववियुले त्यसको विरोधमा काठमाडौंमा वृहत प्रदर्शन गरेको छ । लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै अनेरास्ववियुले वुधवार सडक आन्दोलनमा उत्रिएको हो । कब्जाको शैलीमा नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेको भन्दै अनेरास्ववियुका संयोजक ऐन महरले देशभक्त शक्तिलाई आन्दोलनमा आउन मंगलवार नै आब्हान गरेका थिए । काठमाडौंको प्रदर्शनमीमार्गबाट सुरू भएको र्‍याली बागबजारको मुखमा पुगेर कोणसभामा परिणत भएका थियो ।
विरोध र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भर्खरै सार्वजनिक गरिएको नक्सा तुरून्तै खारेज गर्न माग गरे । “कालापानी, लिपुलेक हाम्रो भूमि हो । हाम्रो भूमि भारतले कब्जाको शैलीमा उसको नक्साभित्र राख्न पाउँदैन । यस विषयमा सरकारले तुरुन्तै संवाद गरोस्,” महरको माग थियो । आज प्रतीकात्मक विरोध गरिएको र नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने उनले आन्दोलनकारीलाई वताए। अनेरास्ववियूले सामाजिक सञ्जालमा गोब्याकइण्डिया ह्यास ट्याग राखेर विरोधको समेत शुरूवात गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->