शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

बागलुङमा काँग्रेसबाट जीत शेरचन

बागलुङमा काँग्रेसबाट जीत शेरचन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७६, बुधबार

बागलुङ,२० कात्तिक – आगामी मंसिर १४ गते हुने उप-निर्वाचनका लागि नेपाली काँग्रेसले पनि आफ्नो उमेदवार तय गरेको छ । बागलुङ २ ख मा हुने निर्वाचनमा नेपाली कांग्रेसबाट जीत शेरचनले टिकट पाएका छन । अघिल्लो निर्वाचनमा समेत उमेदवार रहेका कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि हुन । ढिलो गरि केन्द्रिय समितिले शेरचनलाई आज टिकट दिएको हो । नेपाली काँग्रेसले क्षेत्रीय सभापति दोर्ण कुवँर, टेकराज पौडेल, तुलासिंह घर्ति मगर र जीत शेरचन गरि ४ जना आकाँक्षी उमेदवारहरुको नाम केन्द्रमा पठाएको थियो ।
शेरचन अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उमेद्वार टेकबहादुर घर्तिसंग पराजित भएका थिए । गठबन्धनका तर्फबाट उमेदवार बनेका घर्तिले ११ हजार ८ यि ८४ मत ल्याउँदा शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->