शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कास्की-२ को उपनिर्वाचन : नेकपा, कांग्रेस, साझा, राप्रपा, विवेकशील लगायत साना पार्टीले पनि गराए मनोनयन दर्ता

कास्की-२ को उपनिर्वाचन : नेकपा, कांग्रेस, साझा, राप्रपा, विवेकशील लगायत साना पार्टीले पनि गराए मनोनयन दर्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७६, बिहिबार

पोखरा, २१ कात्तिक – प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर २ बाट रिक्त स्थानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, कांग्रेस, साझा, विवेकशील लगायत अन्य साना पार्टीसहित १३ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदै छ । नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसले खेमराज पौडेललाई उठाएको छ ।
अघिल्लो निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र प्रतिस्पर्धी चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको ८ सय ४३ मत थियो । । यतिबेला विवेकशील र साझा छुट्टाछुट्टै दल बनेका छन् । विवेकशीलले जमुना शर्मा र साझा पार्टीले रजनी केसीलार्ई उम्मेदवार बनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->