बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सीमा विवादले सृजना गरेको सुवर्ण अबसर

सीमा विवादले सृजना गरेको सुवर्ण अबसर


  • नारायण पौडेल
  • कार्तिक २४ २०७६, आइतबार

नेपालमा धेरै सीमा विवादका कुराहरु बारम्बार आइरहन्छन । नेपाल को भुभाग भारतीय विस्तारवाद नीति प्रति नेपालको दरिलो र स्पस्ट परराष्ट्र नीति नहुनु यसको प्रमुख समस्या हो । नेपाल जसरी भौगोलिक रुपमा भूपरिवेष्ठित छ त्यस्तै गरेर नेपाली राजनीतिक दलहरुको भारतीय दबाब र प्रभाव बाट मुक्त हुन नसक्नु मुख्य समस्या हो । भारतीय सरकार लाइ रिझाएर मात्र सत्तामा पुग्न सकिन्छ भन्ने गलत सोचले ग्रस्त मानसिकता को उपज पनि हो । जहिले सम्म यो सोचबाट दल र नेता अनि सरकारी संयन्त्र को यो विषयमा विचार फरक हुन सक्दैन र बनको बाघले भन्दा मनको बाघ ले खाइरहन्छ समस्या ज्यु का त्युं रहन्छ ।
संविधान निर्माण ताका पनि हामी माथि भारतीय सरकार ले नाकमराबन्दि गरेको थियो जुन हाम्रो निम्ति सारै अप्रिय त थियो नै तर त्यसैले पनि केहि हदसम्म राष्ट्रियताको निम्ति र स्वदेशी उपभोग्य बस्तुप्रति हाम्रो आकर्षण र वैकल्पिक कुराहरुमा अभ्यस्त हुन विस्तारै सिकाउदै थियो तर पछि के पि वलि कै नेतृत्व ले भारतीय सरकार लाइ नाकाबन्दी खोल्न बाध्य बनाएको थियो । त्यहि बेला पनि वर्तमान प्रधानमन्त्री के पि शर्मा वलि ले भारतीय सरकार सग आफ्नो बिषय कति दमदार राख्नुभयो सम्बन्धित पक्षलाइ थाहा होला तर खाम नेपालीलाइ राम्रो सग थाहा थियो र अहिले स्मरणीय छ हामीले इतिहासहरू मा राष्ट्रियता को मामिलामा एउटा सतिसाल जस्तै उभिने नेता पाएको अनुभव गरेका थियौ । संयोग अहिले पनि उहि नेता जनमत प्राप्त प्रधानमन्त्री को रुपमा हुनुहुन्छ यो आम नेपालीको लागी अवसर हो र प्रधानमन्त्री को पनि इतिहास मा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउने विशेष मौका हो चुकाउनु हुदैन । यसले सम्माननिय प्रधानमन्त्री के पि वलि ज्युको मात्र होइन आम नेपाली जनता र अहिलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को लागि अत्यन्तै महत्वपुर्ण र दीर्घायु अवसर हो । यसले भावि पुस्ताको मुहारमा नेपाली भनेर अर्को गर्विलो इतिहास थपिने वाला छ । यसमा कुनै पनि मानेमा हच्किनु हुन्न र अहिले यहि विषयलाइ देखाएर प्रतिपक्ष ले दाउ हेर्ने गर्नु हुन्न अब एक ठाउ भएर सिमानामा काडे तार लगाउने वा सेना राख्ने वा अन्तरराष्ट्रीय अदालतमा मुद्दा मा जाने सबै विकल्प छन् र दरो मुटु चौडा छाति र दीघकालिन निर्णय गर्ने समय हो अलमलिने समय पक्कै हुदैहोइन। अब सरकार नेता दल र संयन्त्र ले बुझ्न पर्छ यो समय छुटाउनु हुदै हुदैन अब दीघकालिन हिसाबले सीमा व्यवस्थापन गर्नुपर्छ र हामी नेपाली हौ भन्ने पनि गर्बिलो इतिहास रच्नुपर्छ सकिन्छ सम्भव छ गर्नुपर्छ विकल्प अर्को छदैछैन ।
विपक्ष ले अरु मसला खोजेर सरकार लाइ खसइलाउन हिड्ने वेला हुदैहोइन सहयोग गर्ने परिआए सरकार का यी सबालमा काध थाप्ने वेला हो यो । अहिले सम्म हेर्दा सरकार यसमा अडिग छ , परराष्ट्र मन्त्रालयले स्पष्टतः भनेको छ माननिय मन्त्रि प्रदिप ज्ञवालीले पनि स्पष्टता सग भन्नुभएको छ नेपाली भुमि एक इन्च पनि मिच्न दिदैनौ भनेर । विज्ञप्ति पनि आएको छ सायद अहिले सम्मको इतिहास मा कसैले यसरी दतारुकता देखाएका थिएनन उहाँलाई हृदय देखि सम्मान गर्न् पर्छ । यहि विज्ञप्ति को सन्दर्भमा पनि केहि आलोचना छ किन सहि सानो गरेको रु किन सिधै प्रदिप ज्ञवाली नलेखेको रुरु के पि बोलेको खै रुरु यस्ता भ्रमात्मक विचारहरु प्रकट छन् ,। यसमा पनि हामीले कूटनीतिक मर्यादा ख्याल गर्नुपर्छ , पहिले काङ्ग्रेश सरकारमा हुदा नाकाबन्दी हुन्दा नाकाबन्दी पनि भन्न सकेन , प्रकासमान सिंहले ग्ल् सभाको विशेष अबसर गुमाउनु भयो , कुन दलको कुन नेताले हिजो के के गरेनन छोडिदिउ सबै ।अहिलेको सरकार र मन्त्रिले राम्रो गर्नुपर्छ यत्ति हो । अब सब दल र नेता एउटै स्वरमा उभिनुपर्छ ।
यसै बिचमा मधेश केन्द्रित दल हरु त किन बोलुन उनिहरु को जाउलो फुस्किने डर छ अनि चुप तर कठालो समातेर पनि यिनको मुख खुलाउनुपर्छ जनताले यिनको सक्कलि मधेश दृष्टि हेर्नुपर्छ, बाबुराम हरु त कुरै नगरौ भन्ने एक थरि काम अर्कै थरि छ सकिहाल्यो तर अब हामी नेपाली हौ सबभन्दा पहिले यो विर्सनै हुदैन । हाम्रो रक्षा हामी गर्छौ गर्न सक्छौ मधेशमा सतिसाल बनेर बसेका जनतालाइ सोध्नुस नेपाल केहो राष्ट्रियता के हो भनेर रु तर त्यहाँ का ठेकेदार दलहरुलाइ त सीमाना पारीको बाहेक किन चिन्ता होस रुरु अब यो अरुलाइ दोष लगाउनु भन्दा पनि हाम्रो परराष्ट्र नीति र सीमानामा के गर्नुपर्ने हो निर्णय गर्नलाइ उत्तम समय छ । यो विषय भारत ले ग्राइनडिजाइनका साथ ल्याएको जस्तो लाग्छ अमेरिका ले नेपाल प्रति निकालेका प्रतिवेदनहरु भारतको यो बेला सार्वजनिक नक्सा कतै नेपालमा कुदृष्टि त होइन गम्भीर समिक्षाको विषय छ । यसकारण पनि आफ्नो परराष्ट्र नीति र सीमा व्यवस्थापनको विषयमा यो स्वर्णीम अबसर हो । अहिले यो सरकारले कुनै निर्णय गर्न सकेन भने कहिल्यै अबसर आउने छैन । अब मि सीमानामा हरेक नागरिक ले कति दिन श्रमदान गर्न पर्ने हो पर्खाल लगाउन वा काडे तार लगाउन आटौँ समय यहि हो । हुनत हिजो रेल र पानी जहाज का कुरा गर्दा खिल्लि गर्ने हरु प्रसस्तै थिए तर समयले त्यो शुरुवात छ र धेरैलाइ भित्र भित्र गलत भनिएछ कि साँच्चै सम्भव रहेछ भन्ने भाछ बाहिर प्रकट नभाको मात्र हो । अहिले पनि पर्खालको कुरा गर्दा धेरै लाइ हासो लाग्ला तर सम्भव छ हाम्रै पालामा मनमा दृढ इच्छा भयो र काम गर्न लाग्यौ भने असम्भव छैन हाम्रो गुमेको भुमि छोड्नु हुदैन । अब लागौ सरकारले दृढ सङ्कल्पित भएर अगाडी बढ्ने बेला हो । काग कराउदै गर्छ पिना सुक्दै गर्छ कोइवात छैन कुरा काट्ने काट्दै गर्छन हामी अगाडी बढौँ। राष्ट्रियता बचाअौँ अनि फेरी आफ्नो दलका नारा बाढ्दै गरौला । यो सरकार का प्रधानमन्त्री सम्माननिय कि पि वलि, परराष्ट्र मन्त्रि प्रदिप ज्ञवाली अनि सुचना तथा सन्चार मन्त्रि एबं सरकार का प्रवक्ता अनि परराष्ट्र सल्लाहकार राजन भट्टराइ ले जे भन्दै हुनुहुन्छ एक इन्च पनि छोड्दैनौ , कुटनीतिक रुपमा पहल गरेर नै समाधान गर्छौ भन्नुभाछ अगाडी बढ्नुस नेपाली को साथ छ । युगान्तकारी निर्णय गर्नुस । हिजो गलत गर्नेले यसरी पछुतो मानोस कि माफि माग्ने पनि हैसियत नराखोस । यो मौका हामीलाइ राम्रो गर्नका लागि आएको हो , यो हामीलाइ दीर्घकालिन निर्णय गर्ने सुवर्ण अवसर हो आटौ पर्खाल लगाउने वा काडे तार लगाउने योजना बनाअौ । सुवरण अबसर खेर नफालौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->