आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फेवातालमा बंगलादेशी राष्ट्रपतिको ४० मिनेट

फेवातालमा बंगलादेशी राष्ट्रपतिको ४० मिनेट


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७६, बिहिबार
aªunfb]zsf /fi6«klt sf7df8f}Fdf sf7df8f}F, @^ sflQs -/f;;_ M aªunfb]zsf /fi6«klt df]xDdb cAb'n xldb lqe'jg cGt//fli6«o ljdfg:yndf . /fi6«klt ljBfb]jL e08f/Lsf] lgdGq0ffdf aªunfb]zsf /fi6«klt g]kfnsf] rf/ lbj;Lo cf}krfl/s ;befjgf e|d0fsf qmddf d+unaf/ ck/fXg sf7df8f}F cfOk'Ug'ePsf] 5 . tl:a/ M k|bLk/fh jGt

पोखरा, २८ कात्तिक –  नेपाल भ्रमणको क्रममा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (बिहिबार) पोखरा आउँदैछन् । उनको भ्रमण कार्यसूची अनुसार हमिदले पोखरामा उनले चार घण्टा बिताउनेछन् । फेवातालमा शयर उनले प्राथमिकतामा छ ।
बिहिबार दिनको करिब १२ बजे उनी पोखरा विमानस्थलमा हेलिकप्टरबाट आइपुग्ने कार्यक्रम छ । पोखरा विमानस्थल अगाडी स्वागतद्धार निर्माण गरिएको हो । ठाउँ ठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ । हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिनेछ ।
स्वागतलगत्तै उनले पोखरामाफेवाताल शयर गर्नेछन्, भने फिस्टेल लजमा लञ्चब्रेक हुनेछ । विमानस्थलबाट सिधै फेवाताल प्रस्थान गर्ने र चालिस मिनेट फेवातालमा बोटिङ गर्ने कार्यसूची रहेको छ ।
त्यसपछि फिस्टेल लजमा लञ्च गर्ने र हेलिकप्टरमा नै रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन् । रुपा गाउँपालिकाले त्यहाँ स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच झाँकीहरु प्रदर्शन गर्नेछ ।
रुपाकोटमा उनले एक घण्टा बिताउने कार्यक्रम छ । त्यसपछि उनी भोलि नै काठमाण्डौ फर्कनेछन् ।
हमिदको भ्रमण तथा लञ्चको व्यवस्थापन भने प्रदेश सरकारले गर्ने भएको छ । “राष्ट्रपतिको पोखरा भ्रमणको बेला हुने सबै खर्च प्रदेश सरकारले व्योहोर्नेछ ।” सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने ।
राष्ट्रपति हमिदको बसाई अवधिभर पोखराको सुरक्षा व्यवस्था कडा पारिने भएको छ । प्रदेश मन्त्रिपरिषदले निर्णय नै गरेर हमिदको सुरक्षाको लागि प्रदेश सुरक्षा व्यवस्था समिति र प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा व्यवस्था समितिलाई निर्देशन दिएको छ ।
उनलाई प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले पोखरा विमानस्थलमा स्वागत गर्नेछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने दुई साता अघिदेखि अमेरिका भ्रमणमा छन् ।
बंगलादेशी राष्ट्रपतिको भ्रमणबाट पोखराको पर्यटन प्रवद्र्धन हुने र सरकारले लिएको लक्ष्यमा सघाउ पुग्ने अपेक्षा प्रदेश सरकारले लिएको छ । गण्डकीमा अहिले आन्तरिक पर्यटन वर्ष, २०१९ चलिरहेको छ । २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।
“पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिमा पनि सहयोग पुग्नेछ ।” प्रवक्ता बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->