शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

निसीखोलाको भल्काेटमा चुनावी सभा सम्पन्न

निसीखोलाको भल्काेटमा चुनावी सभा सम्पन्न


  • Dhorpatan News
  • कार्तिक २८ २०७६, बिहिबार

निसी,२८ कात्तिक – निसीखोला गाँउपालिका वडा नं.६ भलकाेटमा साझा बाम उमेदवार खिम बिक्रम शाहीको चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै  राष्ट्रिय जनमोर्चा नेता एवं गण्डकी प्रदेश मामिला सभापति माननिय कृष्ण थापाले बागलुङ जिल्लामा बामपंथी जनमत अत्यधिक हुदाहुदै पनि विगतमा बामपंथी शक्तिहरु बिभाजित भएकाेले जनजिविका, बिकाश र राष्ट्रिय स्वाधिनता कमजाेर बन्दै गएकाे बताउदै राष्ट्रियता, बिकाश र समृद्धिका लागि बाम उम्मेदवार लाई बिजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा बाम उमेदवार खिम विक्रम शाहीले जिल्लाकाे भाैगाेलिक बिकटताले टाढा रहेकाे यहाँका जनताहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, बिधुत जस्ता अाधारभुत अावश्यकता पनि सहज रुपले प्राप्त गर्न नसकिरहेको अवस्थामा यस प्रदेशका गाैरवका अायाेजनाहरु उत्तरगंगा जलाशययुक्त विधुत अायाेजना, सालझण्डी ढाेरपाटन सडक निर्माणले गति लिन नसकेको भन्दै   स्वर्गीय टेक बहादुर घर्तीका सपना पूरा गर्ने प्रतिवद्दाता  जनाए । घर्तिको  सपना पूरा गर्ने आफ्नो   दायित्व भएकाे बताउदै गिलास चिन्हमा मतदान गरी वामपन्थी उमेदवारलाई विजय गराउन उनले अनुरोध गरे  ।  कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, नेकपाका नेता प्रेम घर्ती, रुद्र प्रसाद पौडेल, केशर छन्त्याल, राष्ट्रिय जनमाेर्चा निसीखाेलाका अध्यक्ष थमन घर्ती ,सचिव मिलन हमाल लगायतले मन्तव्य राखेका थिए  । कार्यक्रम लिला बहादुर बुढा मगरकाे अध्यक्षता कुशल बुढाकाे सञ्चालन र सन्ताेष बि.क.काे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->