शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल, आवश्यक परे डायलासिस गरिने

प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल, आवश्यक परे डायलासिस गरिने


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७६, शनिबार

काठमाडौं, ३० कात्तिक – धानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल पुगेका छन्। मृगौलामा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री ओली शनिबार ग्राण्डी अस्पताल गएका हुन्। पिसाब बाहिर निस्कन सजिलो होस् भन्नका लागि केही समयअघि स्टेन्ट राखिएको थियो। चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वाथ्य जाँच गरेपछि आवश्यक भए डायलासिस पनि गर्ने तयारी छ।  ग्रान्डीमै कात्तिक १२ र १३ गते उनको डायलासिस गरिएको थियो । पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यो स्टेन्ट खुलाउने र आवश्यक परे तेस्रो पटक डायलाइसिस गर्ने तयारी चिकित्सकको छ ।  ‘प्रधानमन्त्रीसँग सल्लाहपछि निर्णय लिइने छ ।’ एक चिकित्सकले भने ।  प्रधानमन्त्री ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा आफू शनिबार फलोअप उपचारका लागि ग्राण्डी अस्पताल जाने बताएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->