शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सिमा सुरक्षा कुटनीतिक ढंगले गरौं : सिटौला

सिमा सुरक्षा कुटनीतिक ढंगले गरौं : सिटौला


  • Dhorpatan News
  • मंसिर २ २०७६, सोमबार

बागलुङ, २ मंसिर – कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले देशको सिमा समाधानका लागि दृढतापूर्वक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । प्रदेशसभा निर्वाचन तथा वडा अध्यक्षको निर्वाचन प्रचारको क्रममा बागलुङको खरवाङ पुगेका सिटौलाले कार्यकर्ता भेटघाट गर्दै प्रतिपक्षले पनि साथ दिएकोले देशको सिमा सुरक्षामा राष्ट्रिय एकता कायम गर्नुपर्ने धारणा राखे । उनले सिमा सुरक्षा र भारतीय सेना हटाउने काम कुटनीतिक पहलबाटै हुनुपर्ने समेत बताएका थिए । सबै क्षेत्रबाट दवाव सिर्जना गर्ने काम जायज भएपनि राज्यको उच्च तह र कुटनीतिक पहलबाट मात्र यस्ता बिषय समाधान हुने बताए । सिटौलाले निर्वाचन प्रजातान्त्रिक प्रकृया भएकोले आचारसंहिता पालना गर्ने काममा समेत सबै दल, नेता र कार्यकर्ता लाग्नुपर्ने बताए । ‘नेताहरुबाटै आचारसंहिता पालना नगर्ने हो भने लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यताको औचित्य समाप्त हुन्छ’ उनले भने, ‘कार्यकर्ताहरुले पनि सभ्य र प्रतिष्पर्धी रुपमा निर्वाचनमा होमिनुपर्छ ।’ आफ्ना एजेण्डा लिएर मात्र निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन दिए । पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले निर्वाचनलाई स्वच्छ र भय रहित बनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा कांग्रेस नेता शंकर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भन्दै सिंगो पार्टी एक ढीक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले कांग्रेसका उमेदवारलाई जिताउन कार्यकर्ता एक भएर लाग्नुपर्ने आवस्यकता पनि औल्याए । कार्यक्रममा कांग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, सांसद ज्ञानकुमारी छन्त्याल, गण्डकी प्रदेश सभा सदस्य मणीभद्र शर्मा कंडेल लगायतका नेताले बोलेका थिए । कांग्रेस दगातुम्डाँडाका सभापति सुवेदार रत्नबहादुर क्षेत्रीको अध्यक्षता, अर्जुन खरेलको स्वागत र वडा नं. ७ का वडा अध्यक्ष कृष्ण गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच कांग्रेसले प्रदेशसभा निर्वाचनका लागि विभिन्न स्थानका चुनावी कार्यक्रम, घरदैलो र कार्यकर्ता भेटघाट लगायतको कार्यक्रम सम्पन्न गरेको छ । उपनिर्वाचनको क्रममा आफ्ना उमेदवार जिताउन नेता तथा कार्यकर्ताले घरघरमा पुगेर मत समेत मागेका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका २२ वटा वडामा कांग्रेसले एकएकवटा कार्यक्रम बनाएको क्षेत्रीय सभापति द्रोण कुँवरले बताए । चुनावका लागि नेकपा, संघिय समाजवादीपार्टी र अन्य स्वतन्त्र सांसद समेत आफ्नो प्रचारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->