शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सवैलाई आश्चार्यमा पार्ने प्रधानमन्त्री ओली र प्रचण्डको निर्णय

सवैलाई आश्चार्यमा पार्ने प्रधानमन्त्री ओली र प्रचण्डको निर्णय


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७६, बुधबार

काठमाडौं, ४ मंसिर – नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘पावर डिल’ टुंगिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि नेपाल कम्युनिस्ट पार्टीको औपचारिक घोषणा भएको १७ महिनापछि ‘पावर डिल’ टुंगिएको हो। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त छलफलपछि बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाड गर्दै ‘पावर डिल’ टुंगो लगाएको हो। अब प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको यो पाँच वर्षे कार्यकालभर सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा सक्रिय हुनेछन्। बुधबारको सचिवालय बैठकले प्रचण्डलाई पार्टी बैठकको अध्यक्षताको जिम्मेवारीसहितको कार्यकारी अधिकार दिएको हो।
‘अध्यक्षद्वयको कार्यविभाजनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मर्यादाक्रम यथावत रहने छ’, सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष कमरेड अ‍ोली प्रधानमन्त्रीको हैसियतमा सरकारको काममा केन्द्रित हुनुहुन्छ र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा सक्रिय हुनुहुनेछ।’ बुधबारको सचिवालयको निर्णय अनुसार अब पार्टी बैठक सञ्चालन प्रचण्डले गर्नेछन्। ‘बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘तर, आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड प्रचण्डले गर्नुहुनेछ।’ प्रतिनिधिसभाको यो कार्यकालभर ओलीले नै प्रधानमन्त्री रहनेछन्। सरकारको नेतृत्व गर्दै ओलीले राजनीतिक स्थायित्वको सन्देश दिनेछन् भने प्रचण्डले पार्टी सञ्चालन गर्नेछन।
‘प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी र सरकार सञ्चालन अध्यक्षद्वय बीचको आपसी सल्लाहमा गर्ने, पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र पार्टी कमिटीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने आजको निर्णय हो।’ नेकपा एकताको डेढ वर्षसम्म पनि सम्झौता अनुसार प्रचण्डलाई जिम्मेवारी नदिएको भन्दै पूर्वमाओवादी समूहले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएको थियो। अध्यक्ष प्रचण्ड स्वयम्ले उपत्यका बाहिरका कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा असन्तुष्टि व्यक्त गर्दै आएका थिए। बुधबारको निर्णयले प्रचण्डको लामो समयदेखिको असन्तुष्टिको सुनुवाइ भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->