आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रेस स्वतन्त्रतासंगै मिडियाको सवलीकरण: सञ्चारमन्त्री बास्कोटा

प्रेस स्वतन्त्रतासंगै मिडियाको सवलीकरण: सञ्चारमन्त्री बास्कोटा

पोखरामा श्रमजिवी पत्रकार ऐन अवस्था र चूनौती विषयक परिचर्चा कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७६, शुक्रबार

पोखरा, ६ मंसिर – सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले पत्रकारहरुलाई प्रेस स्वतन्त्रतामाथि कुनै शंका नगर्न आग्रह गर्दै सरकार पूर्ण प्रेस स्वतन्त्रतासहितको मिडिया सवलीकरणको पक्षमा रहेको वताएका छन् । ‘नेपाली मिडिया विश्वासनिय बन्नु पर्यो, सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ,’ मन्त्री बास्कोटाले भने–‘यसमा कुनै शंका गर्नुपर्दैन, मिडियाको आर्थिक सवलीकरणको पक्षमा सरकार प्रतिवद्ध छ ।’
न्यूनतम पारश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघ कास्की शाखाले शुक्रवार पोखरामा आयोजना गरेको ‘श्रमजिवी पत्रकार ऐन अवस्था र चूनौती’ विषयक परिचर्चा कार्यक्रममा मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रता र पत्रकारको सूरक्षाका लागि वर्तमान सरकारले धेरै काम गरेको वताउदै त्यसैका लागि विज्ञापन ऐन, मिडिया काउन्सिल विधेयक, आमसञ्चार ऐन, सञ्चार प्रविधि ऐन आएको उल्लेख गरे । ‘हामीले सवै ऐन र विधेयक लिएका छौ, छापा र विधुतिय सञ्चार माध्यमले पाउने सुविधामा पनि १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म वृद्धि गरेका छौ ।’ पत्रकारको न्यूनतम पारिश्रमिक पनि २५ प्रतिशत वृद्धि भयो, यसलाई नेपाल टेलिभिजन र गोरखापत्रले कार्यान्वयन गरिसक्यो, अव सवैले कार्यान्वयन गरेर जानुपर्दछ । ‘सरकारले पकाएर दिएको छ, मन्त्री वास्कोटाले भने, ‘यसलाई पस्केर खाने काम पत्रकारको नै हो ।’
मिडियालाई आर्थिक रुपमा सवलीकरण गर्ने काम विज्ञापन ऐनले गरेको छ, यो कार्यान्वयन हुन्छ, मन्त्री बास्कोटाको भनाई छ–क्लिनफिड पनि त्यसैको उदाहरण हो । पत्रकार महासंघले सरकारले गरेका काम नदेखेको गुनासो गर्दै मन्त्री बास्कोटाले महासंघको गोरखाको वैठकको निर्णय काठमाडौंसम्म पुग्न नसकेको वताए ।
आफ्नै लगानीमा मिडिया चलाईरहेका सञ्चालक पत्रकारहरुलाई पेशा वा ब्यवसाय एक रोज्न सुझाए । ‘तपाईहरु प्रष्ट हुनुपर्यो, पेशा वा ब्यवसाय के रोज्ने हो ?’ विश्वासनिय पत्रकारिता अहिलेको आवश्यकता हो, हेडलाईनकारिता गरेर हुदैन । मन्त्री बास्कोटाले भने, कसैलाई दिग्भ्रमित पार्नु भएन । मिडियाको पनि पारदर्शिता खोज्नु पर्यो ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति अहिलेको वोर्ड नै अन्तिम हुने वताउदै मन्त्री बास्कोटाले अव तीन तीन बर्षमा पत्रकारको पारिश्रमिक वृद्धि हुने ब्यवस्था गर्न सरकार लागिपरेको वताए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले समितिले पत्रकार पक्षमा काम गरेको र वर्तमान सरकार र मन्त्रीले त्यसलाई सकारात्मक लिएकाले पत्रकारको पारिश्रमिक २५ प्रतिशत वृद्धि भएको वताए । पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, सल्लाहकार नवराज सुवेदी, ज्योतिष जागारणका प्रधान सम्पादक प्राध्यापक डा. बलराम उपाध्याय रेग्मी लगायतका पत्रकारले प्रेस र मिडियाको अवस्था र चूनौतीका वारेमा वोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिम्लिसिना र स्वागत उपाध्यक्ष विमला भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->