शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

चुनाव हार्ने डरले कांग्रेस नेताहरु उट्‌पट्याङ कुरा गर्दैछन् : प्रचण्ड

चुनाव हार्ने डरले कांग्रेस नेताहरु उट्‌पट्याङ कुरा गर्दैछन् : प्रचण्ड

‘कांग्रेसका सभापतिले पोखरामा जे बोल्नुभयो त्यो भन्दा झुठो र अनैतिक अरु हुनै सक्दैन, विक्षिप्त नभएको ब्यक्तिले बोल्न सक्ने भाषा होइन त्यो।'


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७६, सोमबार

चितवन, ९ मंसिर – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव हार्ने डरले कांग्रेसका नेताहरू वाहियात र  झुटा कुरा गर्न थालेको आरोप लगाएका छन्। भरतपुरमा सोमबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, चुनाव हार्ने भएपछि कांग्रेस नेताहरू यतिबेला वाहियात, अनैतिक र उट्‌पट्याङ कुरा गर्न थालेका छन्। यस्ता कुराले कांग्रेसलाई नै घाटा हुन्छ।’
प्रधानमन्त्री केपी ओलीसँगको सहमतिमा भारतले नयाँ नक्शा निकालेको भनी कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएको आरोप निराधार र हास्यासपद रहेको बताउँदै उनले भने, ‘कांग्रेसका सभापतिले पोखरामा जे बोल्नुभयो त्यो भन्दा झुठो र अनैतिक अरु हुनै सक्दैन, विक्षिप्त नभएको ब्यक्तिले बोल्न सक्ने भाषा होइन त्यो।’ देउवाले पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसँगको सल्लाहमा भारतले नक्सा तयार गरेको अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->