आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशनको तयारी हुँदै

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशनको तयारी हुँदै

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न डा. अरुण सायमी जानकारी दिए।


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७६, मंगलबार

काठमाडौं, १० मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ।  पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न डा. अरुण सायमी जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्रीलाई एपेन्डिसाइिटसको आशंकामा शल्यक्रियाको तयारी सुरु गर्दैछौं।’ सामान्य स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक सेन्टरमा गएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->