शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

‘देवघाट’ जानेबेलामा कांग्रेस उमेदवार भोट माग्न हिँडेका छन् : प्रचण्ड

‘देवघाट’ जानेबेलामा कांग्रेस उमेदवार भोट माग्न हिँडेका छन् : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

पोखरा, ११ मंसिर – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की-२ का उमेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर टिप्पणी गरेका छन् । “हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बूढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ?”,उनले टिप्पणी गरेका छन् । उनले नेकपालाई भारी मतले जिताउनुपर्ने पनि बताए । प्रतिक्रियावादीले रातिराति लुकिछिपी षड्यन्त्र गर्न सक्ने बताउँदै प्रचण्डले आफू विजयजुलुसमा समेत सहभागी हुन चाहेको र निम्ता गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->