आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रचण्ड र देउवा हेलिकप्टर चढेको थाहा छैनः निर्वाचन आयोग

प्रचण्ड र देउवा हेलिकप्टर चढेको थाहा छैनः निर्वाचन आयोग

उनले निर्वाचनसम्बन्धी विभिन्न १५ वटा उजुरी आयोगमा परेको जानकारी गराउँदै यसबारे छानबिन भइरहेको बताए । 


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

काठमाडौँ, ११ मंसिर – निर्वाचन आयोगले नेकपा अध्यक्ष प्रचण्ड र काग्रेस सभापति शेरवहादुर देउवा हेलिकप्टर चढेर चुनाव प्रचारप्रसारका लागि हिँडेकोबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताएको छ । आयोगले बुधबार उपनिर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित हुने बताए ।
प्रचण्ड कास्कीलगायत र देउवा बागलुङ लगायतका निर्वाचन क्षेत्रमा उपचुनाव हुने क्षेत्रमा हेलिकप्टर चढेर पुगेकोबारे पत्रकारहरुले सोधेको जिज्ञासामा थपलियाले भने, ‘हामीलाई यसबारे औपचारिक रुपमा केही जानकारी आएको छैन । जानकारी आएका जानकारी गर्छौँ ।’
यस्तै उनले निर्वाचनसम्बन्धी विभिन्न १५ वटा उजुरी आयोगमा परेको जानकारी गराउँदै यसबारे छानबिन भइरहेको बताए ।
उनले बुधबार राति १२ बजेदखि मौन अवधि सुरु हुने जानकारी दिँदै सो बीचमा कुनै पनि चुनाव प्रभाव पार्ने गतिविधि गर्नेमाथि कारबाही गरिने बताए । सो अवधिमा फेसबुकमार्फत पनि चुनाव प्रचार गर्न नपाइने उनले बताए । उनले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको सबै तयारी आयोगले पूरा गरेको पनि सो क्रममा जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->