आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)

दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

बुटवल, ११ कात्तिक – अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या१७ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ ।
दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ । अन्य मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म  सनाखत हुन सकेको छैन । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->