शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विवेकशीलको फरक राजनीति, चुनावी खर्च जम्मा ५ लाख

विवेकशीलको फरक राजनीति, चुनावी खर्च जम्मा ५ लाख


  • ढोरपाटन संबाददाता
  • मंसिर १२ २०७६, बिहिबार

पोखरा, १२ मंसिर  – ‘पारदर्शिता’ लाई मान्यता बोकेर वैकल्पिक राजनीतिमा होमिएको विवेकशील नेपाली दलले कास्की २ उपनिर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । दलीय हैसियत पाइनसकेका कारण विवेकशीले यहाँ स्वतन्त्र उम्मेदवार जमुना शर्मालाई समर्थन गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधीसभा उम्मेदवारलाई अधिकतम २५ लाख सम्मको खर्च सीमा तोकेको छ । तर, विवेकशीलले यो चुनावमा कुल खर्च सीमाको २१ प्रतिशतमा नै चुनाव खर्च सीमित गरेको छ ।
विवेकशीलले यो उपनिर्वाचनमा पाँच लाख ३८ हजार आठ सय ५१ रुपैयाँ मात्र खर्च भएको जनाएको छ । विवेकशीलका संस्थापक अध्यक्ष उज्वल थापाले ट्विटमार्फत चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । २१ उम्मेदवारहरु मध्ये खर्च विवरण सार्वजनिक गर्नेमा विवेकशील एक मात्रै दल हो । अन्य दलका तथा स्वतन्त्र उम्मेदवारहरुले भने खर्च विवरण सार्वजनिक गरेका छैनन् ।
सार्वजनिक भएको विवरण अनुसार पाँच लाख ३८ हजार आठ सय ५१ रुपैयाँ खर्च हुँदा विवेकशीलले दलका सदस्य तथा समर्थकसँगबाट चार लाख ३० हजार पाँच सय ८८ रुपैयाँ आम्दानी गरेको छ । बाँकी एक लाख आठ हजार दुइ सय रुपैयाँ भने घाटामा गएको छ ।
यो रकम चुनाव चिन्ह, झण्डा, सञ्चार, फ्लेक्स प्रिन्ट, साउण्ड सिस्टम, यातायात लगायतका शिर्षकमा खर्च भएको जनाइएको छ । अघिल्लो चुनावमा साझा पार्टीसँग एकीकरण गरेर चुनाव लडेतापनि अहिले भने साझा र विवेकशीलले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->