बागलुङ, १३ मंसिर – बागलुङमा उप निर्वाचनको लागि सुरु भएको मौन अबधिमा बाम गठबन्धनका नेताहरुले आचारसंहिता उलंघन गरेको भन्दै नेपाली कांग्रेस बागलुङले आपत्ति जनाएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङ र तमानखोला गाउँपालिका–१ बोंगादोभान पुगेर नेताहरुले आत्वासन बाँढेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस बागलुङका कोषध्यक्ष उमेश गौतमले ढोरपान नगरपालिका प्रमुख देवकुमार नेपालीले बिजुलीको पोल दिने, पुल निर्माण गरिदिने, मोरबाटो बनाईदिने र बिद्युतीकरणका बेला लागेको ऋण समेत तिरिदिने आत्स्वासन दिँदै मतदाता प्रभावित बनाएको आरोप लगाएका छन् । त्यस्तै तमानखोला गाउँपालिकाको बोंगादोभन पुगेका गण्की प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना समेतका बाम गठबन्धन सम्बद्ध नेताहरुले विकासको आस्वासन दिएको र पैसा बाँढेको भन्दै गौतमले बिज्ञप्ती मार्फत आपत्ति जनाएका हुन् । बडिगाड गाउँपालिका–२ मा हुने उपनिर्वाचनको सन्दर्भमा समेत आचार संहिता उलंघनका घटना भएको बिज्ञप्तीमा उल्लेख छ । ‘कांग्रेसका तर्फबा उम्मेदवार लि बहादुर रानालाई त्यसै वडाका दनिया भन्ने स्थानमाा बस्ने नेकपा समर्थित खगिश्वर को नेतृत्वमा टंक भुजेल लगायत नेकपा समर्थित कार्यकर्ताले हातपा गर्ने धम्क्याउने गरेको कार्यप्रति नेपाली कांग्रेस बागलुङको ध्यानाकर्षण भएको छ’ बिज्ञप्तीमा भनिएको छ ‘आचार संहिता विपरित गरिएका सबै निन्दनिय कार्य तुरुन्त रोकी निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सम्बन्धित निकाय सँग जोदार माग गरिन्छ ।’ यता मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि आचार संहिता उलंघनको उजुरी परेको जनाएको छ । कांग्रेसको बिज्ञप्तीमा उल्लेख भएका तीनवटै घनाको बिषयमा शुक्रबार दिउँसो ४ः३० बजे उजुरी परेको र आवश्यक अनुसन्धान थालिएको मुख्य निर्वाचन अधिकृत बाशुदेव न्यौपानेले बताए । ‘उजुरी परेपछि आरोपीलाई सम्पर्क गरेर त्यसो नगर्न भनेका छौं’ न्यौपानेले भने ‘हाम्रो सुरक्षा संयन्त्रले पनि थप निगरानी बढाएको छ ।’ ढोरपाटनमा आस्वासन बाढेको भनिएका नगर प्रमुख देवकुमार नेपालीले आफन्तको परिवारमा पास्नीको कार्यक्रममा जाँदै गर्दा देखेका कांग्रेस कार्यकर्ताले भुठो आरोप लगाएको दावी गरे ।





