आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अपडेटः पिकअप दुर्घटना, १३ घाईते , चारको अवस्था गम्भिर

अपडेटः पिकअप दुर्घटना, १३ घाईते , चारको अवस्था गम्भिर

गम्भीर घाईतेलाई बागलुङ ल्याईंदै


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७६, शनिबार

बागलुङ, १४ मंसिर– बागलुङको बरेङ गाउँपालिकाबाट विद्यार्थी बोकेर बलेवाका लागि हिँडेकोे ध१ज २०७ नम्बरको पिक अप भ्यान जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्राथमीक स्वास्थ्य केन्द्र कुश्मीशेराले जनाएको छ । उनिहरुलाई स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाईएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए । गम्भिर घाईते हुनेमा जुम्लाकी उमा उपाध्याय, धनगडीका दिलीशा सिंह ठकुरी, पर्वतका प्रमिला परियार र सर्लाहीका पृथ्वीनारायण गुप्ता रेहेको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ ।
थप ९ जनाको प्राथमीक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार पछि उनीहरुलाई पनि अञ्चल अस्पताल बागलुङ पठाईएको छ । स्वाथ्स्य केन्द्रका अनुसार एक्सरे समेत त्यहाँ नहुने भएकाले सामान्य घाईतेलाई समेत जिल्ला सदरमुकाममा रहेको अञ्चल अस्पाताल पठाउनुपरेको हो । पिकअप भ्यान सडकमा उत्तानो परेको प्रहरी चौकी कुश्मीशेराका प्रमुख अमृत मगरले बताए । घाईते यात्रुहरुका अनुसार वलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्स्टीच्युटअध्ययनरत बिद्यार्थी बरेङ गाउँपालिकामा शिविरका लागि पुगेर फर्किंदै गर्दा दुर्घटना भएको हो । कच्चि सडकबाट पक्कि सडकमा प्रबेश गर्दा बित्तिकै गतिबढाएको सवारी साधनकै कारण घुम्तीमा दुर्घटना भएको हुनसक्ने थापाले बताए । ‘क्षमता भन्दा धेरै यात्रु रहेछन्’ थापाले भने ‘ट्रनिङमा एक्कासी पल्टिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->