आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लण्डनका ‘पुतली बाजे’ लाई नेपाली नागरिकता

लण्डनका ‘पुतली बाजे’ लाई नेपाली नागरिकता

अवको सोचाई के छ भन्ने प्रश्नमा कलिनले अव आफु स्वर्गमा गएर गीत गाउने रसिक जवाफ फर्र्काए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७६, बुधबार

पोखरा, १८ मंसिर – पोखरामा रहेर लामोसमयसम्म शिक्षण पेशासंगै पुतली संग्रह गर्दै आएका बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नेपाल सरकारले सम्मानार्थ नेपाली नागरिकता प्रदान गरेको छ । मन्त्रिपरिषदको २९ कात्तिकको निर्णय अनुसार कलिनलाई नेपालको सम्मानार्थ नागरिकता प्रदान गरेको हो ।
नेपालको संविधानको धारा ११ को उपधारा ९, नेपाल नागरिकता ऐन २०६३ को दफा ६ र नेपाल नागरिकता नियमावली २०६३ को नियम ८ को उपनियम ५ बमोजिम सम्मानार्थ नागरिकता प्रदान गरिएको गण्डकी प्रदेशका संघिय मामिला तथा योजना मन्त्री किरण गुरुङले वताए । उनलले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन । ११ मंसिरको गृहमन्त्रीस्तरीय निर्णय अनुसार उनलाई सो अधिकार उपयोग गर्ने अधिकारसहितको सम्मानार्थ नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको हो । उनलाई नेपाली भिसा निशुल्क उपलब्ध हुनेछ । वि.सं.१९९३ मंसिर ९ मा लण्डन नजिकै जन्मेका कलिन २०२२ माघमा पोखरा आएका थिए । पोखरा आएर शिक्षणसंगै पुतली संकलनमा लागेका कलिनलाई उनले नेपालमा गरेको योगदान कदर गर्दै सम्मानार्थ नागरिकता प्रदान गरिएको मन्त्री गुरुङले वताए । यो नेपाली जनताले दिएको सम्मान हो, मन्त्री गुरुङले भने, पृथ्वी नारायण क्याम्पसमा रहेको पुतली संग्रहलय स्थापनामा वहाँको महत्वपूर्ण योगदान रहेको छ । ६६० थरिका पुतलीमा ५५० थरिका पुतली त वहाँ एक्लैले संग्राहलयमा राख्नु भएको छ ।
विभिन्न विद्यालय र क्याम्पसमा अध्यापन गरेर उनले धेरै असल विद्यार्थी जन्माएको भन्दै मन्त्री गुरुङले आफु पनि कलिनको विद्यार्थी भएको स्मरण गरे । साहित्यकार सरुभक्तले उनी गणितको विज्ञ भएर पनि आफुलाई विज्ञान पढाएको स्मरण गर्दै यसले सवैले प्रेरणा दिने वताए । सरुभक्तले भने, यो हजुर बा सरहको सम्मान हो । एक असल शिक्षकको रुपमा पनि उहाँलाई सम्मान गर्नु पर्दछ ।
नेपाली नागरिकता प्राप्त गरेर आफु धेरै खुशी भएको कलिनले वताए । अवको सोचाई के छ भन्ने पत्रकारको प्रश्नमा कलिनले अव आफु स्वर्गमा गएर गीत गाउने रसिक जवाफ फर्र्काए । सहजकर्ता सुनिल उलकले कलिनले स्थापना गरेको पुतली संग्राहलयले उनको नाम नै फेरिएको जानकारी दिदै यो सम्मानले राज्यलाई पनि उनीप्रतिको दायित्व थपिएको वताए ।
नेपाल राष्ट्रप्रति विशेष योगदान दिने विशिष्ठ ब्यक्तीहरुलाई मात्रै सरकारले सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्ने गर्दछ ।
नेपालमा यस किसिमको सम्मानार्थ नागरिकता पाउने पहिलो ब्यक्ति सगरमाथा आरोही सरएडमण्ड हिलारी हुन् । सरकारले भूगर्भाविद टोनी हेगनलाई दोस्रो सम्मानार्थ नागरिकता प्रदान गरेको थियो भने कलिन तेस्रो ब्यक्ति हुन् ।
पृथ्वी नारायण क्याम्पसको अन्नपूर्ण संग्रहालयमा वैज्ञानिक रुपले पुतलीहरुको संरक्षण गर्ने ब्यक्ति उनी नै हुन् । उनले ४० जिल्लामा गएर करिव २५ हजार पुतली संग्रह गरी हरेकको नामकरण गरे । नेपालमा पाईने ६६० प्रजातीका पुतली मध्ये उनले करिव ५५० प्रजातीका पुतली भेट्टाए । यसरी आफुले संकलन गरेका पुतली सुरक्षितसाथ प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे । पुतली संग्रह गर्न हिड्काले नै उनको नाम पुतली बाजे रहन गएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->