बागलुङ,१९ मंसिर – बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्ग बजारमा आठ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गत मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घरभई हाल खर्वाङ्ग बजारमा बस्दै आएको ४२ वर्षीय दिपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिका र आफ्न्तले घटनाबारे प्रहरीमा जाहेरी दिए पछि लगतै राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । आरोपित राई र बालिकाका बुवासँगै मजदुरी गर्ने र एउटै घरमा बस्दै आएको प्रहरीको भनाई छ । राई विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।





