आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अटो दुर्घटनामा पाँचको मृत्यु, पर्वत पिपलटारीका तिवारी परे

अटो दुर्घटनामा पाँचको मृत्यु, पर्वत पिपलटारीका तिवारी परे

राप्ती नगरपालिका ४ स्थित चेपाङ मार्ग ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो।


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७६, शनिबार

चितवन, २१ मंसिर – अटो दुर्घटना हुँदा चितवनमा पाँच जनाको मृत्यु भएको छ। भण्डाराबाट करिब दुई किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा अटो दुर्घटना हुदाँ दुई पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए। राप्ती नगरपालिका ४ स्थित चेपाङ मार्ग ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो।  डीएसपी कोइरालाका अनुसार अटोमा सवार ६ जना मध्ये पाँच जनाको मृत्यु भएको हो। दुर्घटनामा परी घाइतेको उपचारको क्रममा मृत्यु भएको हो।
मृतकमध्ये एकको मात्रै पहिचान खुलेको छ। पर्वतको कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै पहिचान खुलेको हो। अन्यको भने पहिचान खुल्न नसकेको कोइरालाले बताए। उपचारको क्रममा पुरानो मेडिकल कलेजमा अन्दाजी  ३५ वर्षका एक जना र  २५-३० वर्षकी महिलाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। त्यस्तै भरतपुर अस्पतालमा अन्दाजी ३५-४० दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->