आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बरेङमा पिकअप दुर्घटना, ११ घाइते

बरेङमा पिकअप दुर्घटना, ११ घाइते


  • ढोरपाटन संबाददाता
  • मंसिर २२ २०७६, आइतबार

बागलुङ,२२ मंसिर –  बागलुङको बरेङ गाँउपालिका वडा नं. २ पोखराचौरमा पिकअप जिप दुर्घटना भएको छ । बराहाकोटबाट बरेङ बजारका लागि छटेको ध १ ज १८३ नम्बरको जिप दुर्घटना हुंदा जिपमा सवार ११ जना घाईते भएका छन् ।

घाइते हुनेहरुमा रुपन्देही सैनामैना १ बनकट्टाका बर्ष ४० का श्याम बहादुर पुन, सोही ठाँउका बर्ष ३५ की दिल कुमारी पुन, बुटवल उपमहानगरपालिका १३ बेलबासका बर्ष ६० का मतिलाल श्रिस, बरेङ गाउपालिका–२ बराहाकोट बर्ष ३२ की बिष्णु श्रीष, सोही ठाँउकी इच्छा श्रीष, बुटवल उपमहानगरपालिका बेलबास १३ बर्ष १८ की तिलमाया श्रीस,  बरेङ गाउपालिका २ बर्ष ५५ की तिल कुमारी छन्त्याल बराहाकोट बर्ष ४०,कमला बि.क बरेङ गाउपालिका २ तल्लोगाउ,बर्ष २६, कमला पुन बरेङ गाउपालिका २ बराहाकोट बर्ष ३९, शुश्मा पुन गुल्मी कालिकण्डकी गाउपालिका ७ बर्ष २३, चालक अनिल घर्तिमगर बरेङ गाउपालिका २ बराहाकोट रहेका छन् ।

बरेङ गाउपालिका २ बराहाकोटका पुनहरुको कुल पुजामा पुगेर फर्किदै गर्दा १३ जना यात्रु सबार गाडी दुर्घटना भएको हो । पिकअप दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेहरुको हुग्दिशिर स्वास्थ्य चौकिमा प्राथमिक उपचार भैइरहेको छ । सख्त घाईतेहरु बिष्णु श्रीस, सुष्मा पुन, कमला बि.क. लगायत ७ जनालाई पोखरा रेफर गर्ने तैयारी भैरहेको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->