बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यस्तो आयो सी प्लेन, क्यानडामा टेस्ट फ्लाइट

यस्तो आयो सी प्लेन, क्यानडामा टेस्ट फ्लाइट


  • Dhorpatan News
  • मंसिर २६ २०७६, बिहिबार

ओटावा, विद्युतबाट चल्ने सी प्लेनले क्यानडाको भ्यान्कुभरमा उडान थालेको छ । अपरेटरहरुले यसलाई उड्डयन उद्योगमा  ‘विश्वकै पहिलो’ भएको जनाएका छन् ।  हार्वर एयर र म्याग्नी एक्सले छोटो टेस्ट फ्लाइट गराएका छन् । त्यसमा ६ जना यात्रु सवार थिए । कम्पनीका अनुसार यो विश्वकै पहिलो ‘अल इलेक्ट्रिक कमर्सियल फ्लिट’ हो । विद्युतीय उडान गर्दा यसले कार्बन उत्सर्जनलाई घटाउने हार्वर एयर र म्याग्नी एक्सद्वारा जारी वक्तव्यमा उल्लेख छ । पेरिस एयर शोमा यो वर्षको शुरुमा पहिलोपटक यो जहाज  प्रदर्शन गरिएको थियो । एएफपीका अनुसार यो जहाज लिथियम ब्याट्रीको उर्जाबाट १६० किमी सम्म उड्न सक्छ । बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->