आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘बिलियन डलर स्टोरी’मा चौधरीः ‘अवसर कुर्ने होइन, सिर्जना गर्ने हो’

‘बिलियन डलर स्टोरी’मा चौधरीः ‘अवसर कुर्ने होइन, सिर्जना गर्ने हो’


  • ढोरपाटन संबाददाता
  • मंसिर २९ २०७६, आइतबार

पोखरा,२९ मंसिर – सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी शनिबार साँझ पोखराका युवा उद्यमीहरुमाझ प्रस्तुत भए । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले आयोजना गरेको ‘बिलियन डलर स्टोरी’ कार्यक्रममा बोल्दै उनले पोखराका युवा उद्यमीहरुलाई लगानीका लागि अवसर सिर्जना गर्न आग्रह गरे ।
‘अहिलेका युवा उद्यमीहरुले लगानीका लागि अवसर कुरेर बस्ने होइन,’ उनले भने, ‘आफैले अवसर सिर्जना गर्ने हो ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको बताउँदै उनले पर्यटन क्षेत्रका लागि विमानस्थलले धेरै अवसर बोकेर आउने बताए । ‘बिमानस्थल आएपछि लगानी गरौंला भनेर सोच्ने होइन,’ उनले भने, ‘त्यतिबेलाको सम्भावना बुझेर अहिले नै लगानी गर्ने हो ।’
अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको ‘कनेक्टिभिटी’ संसारभर बढाउने बताउँदै उनले यहाँ आउने पर्यटकलाई स्तरीय सेवा दिनुपर्ने धारणा राखे । पोखरा संसारकै सुन्दर सहर मध्येमा पर्ने बताउँदै उनले पर्यटन व्यवसायीले यहाँको पर्यटनको सम्भावनालाई बुझ्नुपर्ने बताए । अहिलेका युवाहरुले परम्परागत शैली भन्दा माथि उठेर व्यवसाय गर्नुपर्ने चौधरीले सुझाव दिए ।
अर्को प्रसंगमा उनले राजनीतिलाई उद्यममैत्री बनाउनुपर्ने धारणा राखे । राजनीतिलाई उद्यम र व्यवसायमैत्री बनाउन उद्यमीहरु नै राजनीतिमा आउनुपर्ने बताए ।
कार्यक्रममा पोखराका युवा उद्यमीहरु सहभागी थिए । युवा उद्यमीहरुलाई लक्षित गरी मञ्चले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष वैभव पौडेलले बताए । ‘पोखराका युवा उद्यमीहरुलाई उत्प्रेरणा प्रदान गर्न यस्ता कार्यक्रम सफल हुँदै आइरहेका छन्,’ उनले भने । कार्यक्रम संयोजक तथा मञ्चका पूर्व अध्यक्ष अमितराज मुल्मीले विनोद चौधरीको परिचय राखेका थिए । मञ्चका अध्यक्ष वैभव पौडेलको अध्यक्षतामा भएको प्रेसिडेन्ट इलेक्ट पुनित वैद्यले धन्यवाद मन्तव्य र प्रोग्राम चियर सुयास मल्ल कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->