आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा पहिलो पटक न्युरोसर्जरी सम्मेलन

पोखरामा पहिलो पटक न्युरोसर्जरी सम्मेलन


  • ढोरपाटन संबाददाता
  • मंसिर २९ २०७६, आइतबार

पोखरा , २९ मंसिर – पोखरामा पहिलो पटक न्यूरो सम्मेलन सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पताल पोखरा र ब्रेन एण्ड स्पाइन फाउन्डेशन नेपालको आयोजनामा पोखरामा “प्रथम वार्षिक मनिपाल न्यूरो सम्मेलन” सम्पन्न भएको हो । शुक्रबार र शनिबार दुई दिन सम्म पोखरामा चलेको सम्मेलनको क्रममा पहिलो दिन शुक्रबार भारतका प्रोफेसर डाक्टर सतीशचन्द्र गोरेले ढाडमा नशा चेपिएको अवस्थामा ठुलो घाउ नपारी दुरबिनले गरिने एन्डोस्कोपिक स्पाइन सर्जरी सम्बन्धी एक दिने वर्कशप गरेका थिए भने शनिबार न्युरोसर्जरी सम्मेलनको बन्द सत्र चलेको थियो ।
सम्मेलनमा ५० प्रकारका वैज्ञानिक र क्लिनिकल रिसर्चका बारेमा छलफल भएको मनिपाल शिक्षण अस्पताल न्युरोसर्जरी बिभागका एसोसिएट प्रोफेसर न्युरो सर्जन डाक्टर बालगोपाल कर्मचार्यले जानकारी दिए । मनिपाल शिक्षण अस्पताल न्युरोसर्जरी बिभागका एसोसिएट प्रोफेसर न्युरो सर्जन डाक्टर बालगोपाल कर्मचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रोफेसर डाक्टर सतीशचन्द्र गोरे, डाक्टर रबिन्द्रनाथ कोम्मी, डाक्टर कृष्ण शर्मा, डाक्टर बसन्त पन्त, डाक्टर निलम खड्का लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन डाक्टर रचना नकर्मीले गरेकी थिईन् । सम्मेलनमा नेपाल र भारतका विभिन्न अस्पतालका गरि १ सय २० जना न्युरोसर्जन, न्युरोलोजिस्ट, स्पाइन सर्जन, फिजियोथेरापिस्ट र न्यूरो नर्सहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->