आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रहरी भन्दै नक्कली छाप दस्तखत बनाउने पक्राउ

प्रहरी भन्दै नक्कली छाप दस्तखत बनाउने पक्राउ


  • Dhorpatan News
  • पुष १ २०७६, मंगलबार

पोखरा, १ पुस – पोखरामा आफुु प्रहरी रहेको भन्दै नक्कली छाप दस्तखद गर्ने पक्राउ परेका छन । पोखरा महानगरपालिका इलाका प्रहरी कार्यालय डाडाको नाग हंसपुरको प्रहरी भन्दै सोहि कार्यालयको छाप लगाई ठगि गर्ने क्रममा सोहि स्थानका ३० वर्षीय सुवास थापालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय डाडाको नाग हंसपुरले लिलामि गरेको सवारी साधनहरु सोहि कार्यालयमा रहेको र त्यहीँबाट उपलब्ध हुने भन्दै नक्कली छाप र किर्ते हस्ताक्षर गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए । उक्त कार्यालयको प्रहरी रहेको भन्दै ठगी गरेको भन्दै कास्की प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->