पोखरा, २ पुस -यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टीच्यूट खेल मैदान निर्माण गरिने बताएका छन् । उनले उच्च क्षेत्रमा मैदान निर्माणको कामलाई अभियानकै रुपमा अघि बढाउने उद्घोप पनि गरे ।
उनी बुधबार भूतपूर्व खेलाडी मंच नेपालले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै थिए । पूर्व खेलाडीहरुको साझा संस्थाको रुपमा स्थापित मंच नेपाली समाजका लागि उदाहरणीय रहेको बताउँदै मन्त्री विश्वकर्माले भने,‘२०५९ सालमा पोखरा रंगशालाको पर्खाल निर्माण गरेर मंचले खेलकूदको क्षेत्रमा भावी पुस्ताका लागि गर्व गर्ने इतिहास कोरेको छ ।’
नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग) भब्य रुपमा सम्पन्न गर्न पोखरेलीहरुले समेत ठूलो भूमिका प्रशंसनीय रहेको बताए ।सो अवसरका बोल्दै मंचका अध्यक्ष तेज गुरुङले अब फागुन ३ गते हुने १४ औं सस्कारणको पोखरा म्याराथनको विदेशी धावकहरु आर्कषण बढाउन पुरुस्कार राशीमा वृद्धी गरिने जानकारी दिए । उनले प्रथम, द्वितिय र तृतियलाई क्रमश ३, २ र १ लाख नगद पुरुस्कार दिइने बताए । उनले पोखरालाई सिटी म्याराथनको अवधारणा अन्तरगत पोखरालाई म्याराथा सिटीको रुपमा पहिचान गराउन मंचले गरेको प्रयासका लागि सहयोग गर्न आग्रह गरे । उनले खेलकुद लाई शंयूक्त राष्ट्रसंघले प्रतिपादन गरेको सन २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तीका लागि खेलकूद अपरिहार्य रहेको उल्लेख गरे ।





