शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाको तालमेल गर्ने सहमति

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाको तालमेल गर्ने सहमति

राष्ट्रियसभाको प्रदेश २ को चारमध्ये दुई सिट नेकपा र दुई सिट राजपाले लिने सहमति भएको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७६, बुधबार

काठमाडौं, २ पुस – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको नेकपा सचिवालय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिए ।
सहमति अनुसार प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त हुने स्थानमध्ये अन्य पुरुष समूह र अपांगत भएका व्यक्ति वा अल्पसंख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने भएको छ। त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपालाई सघाउने भएको छ।
दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यलाई अघि बढाउने अर्को सहमति पनि भएको छ। सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।
आगामी फागुन २० गतेसदेखि राष्ट्रिय सभाका १९ जना सदस्यहरुको दुई वर्षे कार्यकाल सकिँदैछ। त्यसका लागि माघ ९ गते निर्वाचन हुने तालिका सार्वजनिक भइसकेको छ। रिक्त १९ मध्ये एकजना चाहिँ राष्ट्रपतिबाट मनोनित हुनेछ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->