आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज वर्षकै सबभन्दा छोटो दिन

आज वर्षकै सबभन्दा छोटो दिन


  • Dhorpatan News
  • पुष ६ २०७६, आइतबार

काठमाण्डौ,६ पुस  – आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भोलीदेखि  अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ । आज बिहान ६ बजेर ५१ मिनेटमा सूर्योदय भएको र  बेलुका ५ बजेर १४ मिनेटमा सूर्यास्त हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->