बागलुङ, ६ पुस – शुक्रवारदेखि सुरु भएको नेपाल मगर बिद्यार्थी संघ गण्डकी प्रदेशको अधिवेसनले बागलुङका बिष्णु आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार भएको बन्दसत्रले ११ जना सदस्य रहेको समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कास्कीका प्रेम बुढा मगर, भाषिक उपाध्यक्षमा तनहुँका बसन सारु मगर र कास्कीका ध्रुव राना मगर, महिला उपाध्यक्षमा पर्वतकी उमादेवी पुन मगर चयन भएका छन् । त्यस्तै सचिवमा म्याग्दीका समिर रोका मगर, सहसचिवमा पर्वतका सुजन पुन मगर, कोषाध्यक्षमा कास्कीका लक्ष्मी पुन मगर चयन भएका हुन् । समितिले ६ जना सदस्य मनोनित गर्ने बताइएको छ । ८ जिल्लाका बिद्यार्थी सहभागि अधिवेसनमा नवलपुर, मनाङ र स्याङजाका सहभागि नभएको बताइएको छ । अधिवेसनमा प्रस्तुत भएको सांगठनिक प्रतिवेदन बहुमतले पारित भएको थियो । उनीहरुले पहिचान सहितको संघियता स्थापना नभएकोमा चिन्ता व्यक्त गरेका थिए । सहभागिले राजनीति, निजामती सेवा र शिक्षा क्षेत्रमा समेत आरक्षण चाहिनेमा बिस्तारै हराउ“दै गएको भन्दै स्थापित हुनुपर्ने माग गरे । मगरात राज्य हराएकोमा सहभागिको चिन्ता समेत थियो ।





